नेपाली दुताबासद्धारा यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारिक मान्यता

२० फाल्गुन २०६९, आईतवार २२:३७ मा प्रकाशित

वासिङटनडिसि, अमेरिका । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ ।
दुताबासले अमेरिकन सरकार ,अमेरिकामा रहेका उधोग वाणिज्य, बिभिन्न निकायहरुसंग सम्बन्ध विस्तारका लागी सहयोग र समन्वय गर्नेछन । । यूएस नेपाल चेम्बर अफ कमर्स का अध्यक्ष मोहन ज्ञवालीलाई अमेरिकाका लागि नेपाली राजदूतले डा. शर्माले हस्ताक्षर गरेको लिखित हस्तान्तरण गर्नुभएको थियो ।दुताबासले अमेरिकामा नेपाल सरकारका , उधोग वाणिज्य निकायका उच्च पदस्थ अधिकारीहरु आउदा कुनै कार्यक्रम गर्न परेमा यूएस नेपाल चेम्बर अफ कमर्ससंग समन्वय गरि यूएस नेपाल चेम्बर अफ कमर्स समेतको सहाभागीतामा यस्ता कार्यक्रम गरिने भएको छ । । दुताबास र चेम्बर बिच सम्झौताले लगानी पर््रवर्द्धन, प्रविधि विकासलगायतका विषयमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
ज्ञायत रहोस गत बर्ष अमेरिका नेपाल व्यवसायी संघ -(यूएस नेपाल चेम्बर अफ कमर्स) र नेपाल चेम्बर अफ कमर्शको बिचमा एक सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । र नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई काठमाडौंमा अफिसकोठा समेत प्रदान गरेको छ ।
हस्ताक्षर कार्यक्रम अगाडी वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासको प्रायोजनमा अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-यूएस नेपाल चेम्बर अफ कमर्स) को विषेश अन्तरक्रिया कार्यक्रम भएको थियो । दूतावासले यूएस नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधीहरुका लागि दिवाभोजको आयोजना पनि गरेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा राजदुत डा शंकर शर्माको सहभागिता थियो । अमेरिका नेपाल व्यवसायी संघका अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न स्टेटबाट आएका उक्त संघका प्रतिनिधी सहित स्थानिय स्तरका व्यवसायी ,व्यापारीको सहभागिता थियो । यसका लागि विगत लामो समयदेखि महावाणिज्यदूत एवं -अमेरिका नेपाल व्यपसायी संघ) अमेरिका नेपाल चेम्बर अफ कमर्सका संस्थापक प्रेमराजा महतले विशेष पहल गर्दै आउनुभएको थियो ।
कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथी महामहिम राजदुत डा शंकर शर्माले म संघको सफलता र उत्तरोतर प्रगतिको लागि हार्दिक धन्यवाद दिन चाहान्छु भन्दै यस संस्थाले पहिला नेपाली व्यवसायीले अमेरिकन सरकारलाई के फइदा दिएका छन् त्यसको तथ्यांक ल्याउनर्ुपर्छ । नेपाली व्यवसायी ,व्यापारीले कति लगानी गरेका छन् , कति रोजगारी दिएका छन् । र यो देशले नेपाली व्यपारीबाट कति फाइदा पाएको छ भन्ने कुरा प्रकाशमा आएपछि हामीले यहाको सरकार संग तपाईहरुको हकहितका लागि आवश्यक लविङ्ग गर्न सक्छौ भन्दै तपाइहरुले आगामि योजना प्रष्ट रुपमा ल्याउनुस । जहा सम्म तपाईहरुका समस्या छन तिनीहरुलाई वुदागत गरेर ल्याउनुभयो भने हामी अमेरिकन सरकार संग कुरा गर्न सक्दछौ । तपाईहरुको चेम्बर अफ कमर्श संग जुन सम्झौता भएको छ अत्यन्त राम्रो हो यसले दुइ देश बिच व्यापार पर््रबर्धन ,व्यापारीको हक हित र नयां लगानिको अवसरलाई मद्दत पुर्याउदछ । तपाइहरु आउनुहोस म दुतावासका तर्फावाट र मेरो तर्फावाट सक्दो सहयोग गर्ने छु । यस संस्थाले प्रगति गरोस भन्नुभयो ।
कार्यक्रममा महावाणिज्य दुत प्रेम राजा महतले म येा संघ स्थापनाको काल देखि सक्रिय रहेको छु । म महावाणिज्य दुत भएकाले यहांका नेपाली व्यापारी ,व्यवसायीलाई परेको मर्काको, उनीहरुको हकहितका बारेमा सहयोग गर्नु मेरो कर्तव्य हो र उहांहरुले जसरी संस्थाको निर्माण गर्नु भयो त्यसले म अत्यन्त हषिर्त छु । त्यसैले अमेरिकामा नेपाली व्यापारीको अवस्थाको तथ्यांक संकलन गर्ने , नेपालमा सरकार संग समन्वय गर्ने र अमेरिका नेपालमा व्यापारको पर््रवर्धन गर्नमा मेरो तर्फाट हरेक कदममा यो संस्थालाई सहयोग हुने छ भन्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै उक्त संघका उपाध्यक्ष सानुबाबु सिलवालले संघको उद्घेश्य माथि प्रकाश पार्दै सारा अमेरिकामा रहेका नेपाली व्यापारीहरुको हकहितका लागि यो संस्था गठन भएको र यसले सम्पर्ूण्ा व्यापारी,व्यवसायीलाई एकजुट बनाउने छ । यहां नेपालीले गरेको लगानिको लेखाजोखा गर्ने छ र यसले संगठित हावाज राखेर व्यापारीको हकहितको लागी आवाज उठाउने छ भन्नुभयो ।
त्यसै गरि सम्मेलनमा संघका केन्द्रिय सदस्य वेद प्रसाद खरेलले उक्त संघ अमेरिका ३१ स्टेटमा पुगि सकेको झण्डै २५० देखी ३०० व्यापारीहरुले आवद्घता जनाइसकेका,संस्थाको विधान बनाउने कार्य सम्पन्न भइसकेको छ भन्दै केहि दिन भित्र सदस्यता वितरणको कार्य शुरु हुने ,हरेक व्यवसायी सदस्यता वापत १०० तिनुपर्ने छ । यो संस्था विशुद्घ गैह्र राजनितीक ,मुनाफा रहित र व्यापारीक संस्था भएकोले यसमा कसैले राजनिती घुसाउन चाहेमा मान्य हुने छैन भन्दै हामी व्यापारी हौ र अमेरिकामा रहेका व्यापारीको हकहित कसरी सुरक्षित हुन्छ भन्ने मात्र प्रमुख प्राथमिकता रहने छ भन्नुभयो ।
मोहन गुरुङ्ग वासिङ्गटन ले भेलालाई संवोधन “आज यूएस नेपाल चेम्बर अफ कमर्स को स्थापना भएको करिब २ वर्षभएको छ । अमेरिकामा लामो समय देखि छरिएर रहेका नेपाली व्यवसायीहरुलाई एकिकृत गर्ने,लगत तयार पार्ने, नेपाली व्यवसायी बाट अमेरिकामा गरिएको लगानिको रुपरेखा तयार पार्ने र असंगठित रुपमा रहेका नेपाली व्यापार , व्यवसायीहरुलाई एउटा छाता मुनि ल्याएर उनीहरुको हक अधिकारका लागी ठोस प्रभावकारी कदम चाल्न छ भन्नुभयो ।
कार्यक्रमलाई संवोधन गर्दै संघको केन्द्रिय सलहकार हेम पतक – टेक्सास) त्यसै गरि अर्का केन्द्रिय सलहकार दुर्गा दहाल क्यालिफोर्निया ले अमेरिकामा व्यापार व्यवसाय गर्नका लागी थुप्रै चुनौती र कठिनाइ रहेका छन् भन्दै अब हामी संगठित भएका छौ र यसले निश्चय पनि हामीहरुका समस्या निराकाण गर्ने छ भन्नुभयो ।
कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष मोहन ज्ञवलीले “यो व्यापार,व्यवसायी संघ एक दुइ दिनको पहलमा जन्मिएको होइन यो त वर्षौ दिन सम्मको छलफल , अन्तरक्रिया ,मिटिङ्ग गरेर जन्मिएकेा हो हाम्रो व्यापारमा लामो समय अनुभव छ अव हामी अगाडी कसरी बढ्ने , पछाडी आउने पुस्ताले कसरी व्यापारी,व्यवसाय गर्ने उनिहरुलाई कसरी प्रोत्साहन गर्ने भनेर यो संगठन खुलेको हो । अहिले हाम्रो च्यालेन्ज भनेको विभिन्न राज्यमा रहेका व्यापारी,व्यवसायीहरुको लगत तयार गर्ने ,संगठित गर्न ,लगानिको खाका तयार गर्ने सरकारलाई तिरेको करको खाका निकाल्ने,नेपाल चेम्बर अफ कमर्श ,नेपाली दुतावास, अमेरिकन कमर्श र नेपाल सरकारसंग मिलेर सहकार्य गर्ने हो भन्दै अब हामीले जसले व्यापार गरेको त्यसलाई सरक्षण गर्ने र जसले व्यापार गरेको छैन त्यसलाइृ व्यापार गर्न प्रोत्साहन गर्ने छौ भन्दै सबै व्यापारी,व्यवसायीहरु एक जुट भएर यस संघमा लाग्न आव्हान गर्नुभयो ।
चेम्बर अफ कमर्सका का सचिव प्रकाश थापाले संचालन गर्नुभएको उक्त चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य लोक नाथ तिवारी विजय श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रममा रबी लमिछ्ने ,प्रेम श्रेष्ठ लगायतकाले आफ्नो बिचार राखनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी