सरकारी पूर्वाग्रहका कारण कांग्रेस असन्तुष्ट, हुम्ला ठप्प

२० फाल्गुन २०६९, आईतवार २२:३२ मा प्रकाशित

काठमाडौं, २० फागुन । पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाको जनजीवन तीन दिनदेखि ठप्प रहेको छ । पश्चिम नेपालका उच्च पहाडी गरिवी निवारण आयोजना हुम्लाबाट जुम्लामा सारिएको विरोधमा नेपाली कांग्रेस हुम्लाले गरेको अनिश्चितकालीन जिल्ला बन्दका कारण बजार पूर्ण रुपमा बन्द रहेको छ भने स्कूल र हवाइसेवा पनि सञ्चालन हुन सकेको छैन ।
शुक्रबारदेखि सुरु भएको बन्द आइतबार पनि जारी रह्यो । बजार, कार्यालय, शैक्षिक संस्था सबै बन्द रहे । पश्चिम उच्चपहाडी गरिवी निवारण आयोजनामा कर्मचारी नियुक्तिको विषयलाई लिएर गत पुस महिनामा दलहरुबीच विवाद भएपछि कार्यक्रम नै हटेका हुनाले दलहरुकै बीचमा सहमति आवश्यक रहेको भन्दै जिल्लातहमा समन्वय गर्न खोजिए पनि त्यो सम्भव नभएको प्रजिअ विजयनारायण मानन्धरले बताए । समस्या समाधानका लागि भन्दै काठमाडौंमा रहेका मध्यपश्चिम क्षेत्रका क्षेत्रिय प्रशासक र हुम्लाका स्थानीय विकास अधिकारीले काठमाडौंमा रहेका हुम्लाका केन्द्रिय स्तरका नेताहरुसँग गर्न खोजेका छलफल पनि हुन नसकेको बताइन्छ । छलफलमा बस्ने भनी सहमति जनाएका विभिन्न दलका नेताहरुले बन्द फिर्ता नभएसम्म छलफलमै नबस्ने भनी एकाएक अडान लिएपछि समस्या बल्झेको बुझिएको छ । फागुन १७ गतेको मन्त्रिपरिषद्को बैठकले त्यहाँबाट आयोजना हटाउने भनी लिएको निर्णय फिर्ता नलिएसम्म बन्द जारी राख्ने मुडमा नेपाली कांग्रेस हुम्ला रहेको अनुभूति गरिएको छ ।
यसअघि दलहरुबीच पन्पेको झडपका कारण स्थानीय प्रशासनले हुम्लामा कफ्र्युसमेत लगाउनु परेको थियो । सुरु भइसकेको योजना एमाओवादीलगायतका अन्य केही दलको उक्साहटमा लागेर सरकारले लहडी शैलीमा जुम्ला सारेको भन्दै नेपाली कांग्रेस हुम्लाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार