पश्चिम सेतीबारे प्राकृतिक स्रोत साधन समितिको पूर्ण बैठमा छलफल हुने

१९ चैत्र २०६८, आईतवार ०९:४७ मा प्रकाशित

काठमाडौ, १९ चैत । ब्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधान समितिले पश्चिम सेतीको विवादका विषयमा छलफल गर्दैछ । अपरान्ह १ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा चीनको थ्री गर्जेजसँग भएको सम्झौताको छानविन गर्न बनेको उपसमितिले प्रतिवेदन बुझाउने र त्यसकै आधारमा समितिले छलफल गर्नेछ । उपसमितिले दिएको प्रतिवेदनमाथि छलफल भएपछि पश्चिम सेती निर्माणमा भएका केही त्रुटि सच्याएर काम गर्न सरकारलाई निर्देशन जाने समितिका सदस्य बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पश्चिम सेती बारे थ्री गर्जेजसँग सम्झौता गर्दा विजुलीको खपत मूल्य, त्यसको लागत अस्पष्ट भएको भन्दै केही सभासदले आपत्ति जनाएपछि समितिले तत्काल सम्झौता अनुसार काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस