नेपाल शिक्षक संघद्वारा ७१ बुँदे माग सार्वजनिक

२० फाल्गुन २०६९, आईतवार १९:५५ मा प्रकाशित

काठमाडौं, २० फागुन । नेपाल शिक्षक संघले शैक्षिक सुधार र समसामयिक राजनीतिक अवस्था सहितका विभिन्न विषयलाई समेट्ने गरी हालै राजधानीमा सम्पन्न महाधिवेशनबाट पारित ७१ बुँदे माग सार्वजनिक गरेको छ । संघले शिक्षा क्षेत्रमा देशको बजेटको २५ प्रतिसत बजेट छुट्टयाउनु पर्ने, संवैधानिक शैक्षिक ब्यवस्थापन आयोग गठन गर्नुपर्ने, शिक्षा प्रशासनका विभिन्न पदमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने, दरबन्दीको आधारमा स्थायी शिक्षक नियुक्त गर्नु पर्ने, विगतमा भएका सम्झौता कार्यान्वयन लगायतका शैक्षिक माग अघिसारेको छ ।
१२ कक्षालाई एसएलसीसरह गरेर निशुल्क गर्नु पर्ने, १२ कक्षा उत्तीर्ण गरेकालाई आइएडसरह मान्यता दिनु पर्ने, एकल जातीय पहिचानको संघीयताभन्दा सबै प्रदेश मिलाएर संघ निर्माण गर्नु पर्ने, लोकतन्त्रको मुल्य–मान्यताको संरक्षण लगायतका माग पनि संघले अघिसारेको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघको सातौ महाधिवेशनबाट केशव निरौलाको अध्यक्षतामा निर्वाचित ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि सार्वजनिक गरिएको थियो । अध्यक्ष निरौलाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न नसके स्तरीय शिक्षा दिन नसकिने भन्दै शिक्षा क्षेत्रलाई बन्द मुक्त र राजनीतिक हस्तक्षेपमुक्त राख्न माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत