छनौट समितिको गठनमा असहमति भए पछि विशेष समितिको बैठक विना निष्कर्स

१९ चैत्र २०६८, आईतवार ०९:४४ मा प्रकाशित

काठमाडौ, १९ चैत । सेना समायोजनको कार्ययोजनको विषयमा छलफल गर्न बसेको माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनः स्थपाना विशेष समितिको आईतवार बसेको बैठक समायोजनमा जाने लडाकुलाई छनौट गर्ने समितिमा प्रतिनिधित्वका विषयमा मतभेद भएपछि  विनानिष्कर्स सकिएको छ । बैठममा माओवादीले छनौट समितिमा आफूहरुको प्रतिनिधित्व हुनु पर्ने अडान राखेको थियो भने काग्रेस र एमालेले सैनिक ऐन अनुसारनै छनौट प्रक्रिया अगाडि बढाउनु पर्ने अडान राखेका  थिए । सोही अडानका कारण आजको बैठकमा कुनै सहमति बन्न नसकेको हो ।
समिति मातहतको सचिवालयले तयार पारेर पेश गरेको कार्ययोजनाको विषयमा आजको बैठकमा छलफल भएको तर कुनै सहमति बन्न नसकेको एमाले सदस्य भीम रावलले जानकारी दिए । उनले सचिवालयले तयार पारेको कार्ययोजनाको विधी, प्रक्रिया र मापदण्डको विषयमा बैठकमा दफावार छलफल भएको बताए ।
उनले थप छलफल आवश्यक रहेकोले बैठक भोली साँझ पाँच बजे पुन बस्ने गरी स्थगित भएको जानकारी दिए ।
विशेष समितिले दुई दिन अघि लडाकुहरुलाई फेरि स्वेच्छिक अवकासमा जाने अवसर दिएर चैत मसान्त भित्रमा लडाकु रहेका सबै शिविर खाली गर्ने र हतियार सरकारको नियन्त्रणमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सचिवालयले कार्ययोजना बनाएको थियो । कार्ययोजनामा चैत २३ गतेदेखि पुन स्वेच्छिक अवकासमा जाने लडाकुलाई रोजाईको अवसर दिने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न