सरकारको नेतृत्व साना दलमध्यबाट हुनुपर्ने माग

२० फाल्गुन २०६९, आईतवार १९:१३ मा प्रकाशित

दाङ, २० फागुन । मुलुकको तरल राजनीतिक अवस्थासँगै अनेक किसिमका विचार र व्यवहारहरु प्रदर्शित हुने क्रम पनि बढेको छ । यसै सिलसिलामा बहुजातीय समावेशी नामक पार्टीका अध्यक्ष शंकर थापाले  ठूला दल असफल भएकोले अब साना दलहरुको नेतृत्वमा सरकार गठन गनुपर्ने माग गरेका छन् । आइतबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा थापाले साना दलहरुको नेतृत्वमा बनेको सरकारले मात्र देश लाई निकास दिने दावी गरे । उनले अहिले देशमा ठुला दलहरुले सिण्डिकेट प्रथा लागु गरेको आरोप लगाउँदै त्यसलाई तोडपछि मात्रै मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे ।
अहिले जस्तो महंगी, भष्ट्राचार, कालोबजारी, अराजकता र दण्डहीनता इतिहासमा कहिल्यै नभएको भन्दै पनि अब निकास दिने जिम्मेवारी साना दलको काँधमा आएकोले जनाए र राष्ट्रपति चारदलको घेराबाट बाहिरिनु पर्ने सुझाव दिए । थापाले प्रधानन्यायधीस नेतृत्वको सरकार देश र जनताको हितविपरीत हुने भन्दै साना दलहरुको सहमतीविना उनलाई सरकारको नेतृत्व दिए देशभर आन्दोलन थाल्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।