सर्वोच्चको फैसलालगत्तै नयाँ सरकार बन्ने दाबी, माओवादी भन्छ- ‘प्रमुख दलहरु गलत बाटोमा’

२० फाल्गुन २०६९, आईतवार १८:३४ मा प्रकाशित

रासस/ कास्की २० फागुन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा देशमा भाँडभैलो मच्चिने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव चन्दले प्रमुख राजनीतिक दलहरुले गलत प्रक्रिया अपनाउन खोजेको आरोप लगाए । सबै राजनीतिक दलहरुबीच इमान्दारीता भएमा मात्र जेठ महिनामा संविधानसभाको निर्वाचन हुनसक्ने उनले बताए ।
यसैबीच सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले चुनावी सरकार चाँडै गठन हुने ठोकुवा गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बहरिंग विभाग भवनको आइतबार शिलान्यास गर्दै मन्त्री महतोले आउँदो फागुन २४ गते सर्वोच्चको फैसला हुन बित्तिकै प्रधानन्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति