महासंघद्वारा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी

२० फाल्गुन २०६९, आईतवार १८:२२ मा प्रकाशित

काठमाडौं, २० फागुन । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रूपमा प्रवद्र्धन गर्ने भन्दै नेपाल उद्योग बाणिज्य महासंघले काठमाडौंमा दोश्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । यही फागुन २५ देखि २९ गते सम्म आयोजना गरिने मेलामा चार सयवटा स्टल मार्फत विभिन्न देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिने बताइको छ । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा हुन लागेको मेलामा भारत, पाकिस्तान, बंगलादेश, भुटान, अमेरिकाको सहभागिता रहने र मेला अवधिभर छिमेकी देश चीन तथा जर्मनबाट ठूलो संख्यामा व्यावसायिक प्रतिनिधिमण्डलबाट अवलोकन हुने महासंघले दाबी गरेको छ ।
प्रत्यक्ष रूपमा मेलाको दुई लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिव १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफनो वार्षिक क्यालेण्डरको रूपमा विकास गरी लैजान लागेको महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले बताए । महासंघले यसलाई मुलुकको प्रमुख कार्यक्रमको रूपमा विकास गर्दै यसलाई अन्तर्राष्ट्रिय जगतमा एउटा ब्राण्डिङको रूपमा लैजाने राजकर्णिकारको भनाई छ । मुलुकभित्र एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि नेपाल सरकारसँग जग्गाको माग गरिरहेको अवस्थामा मन्त्रिपरिषदको हालैको निर्णयबाट अहिलेको यूएन पार्क बागमती किनारको करिब ८० रोपनी जग्गा सरकारले भोगचलनका लागि महासंघलाई दिने निर्णय गरेको र अव छिट्टै महासंघले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना