प्रमुख तीन दलले आज सत्य निरुपण आयोगको विधेयकलाई अन्तिम रुप दिने

१९ चैत्र २०६८, आईतवार ०९:४३ मा प्रकाशित

काठमाडौ, १९ चैत । प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठक आज पनि बस्ने भएको छ । हिजो तीन दलको बैठकले गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयकलाई अन्तिम रुप दिन आजको बैठक डाकिएको हो । हिजोको बैठकमा विधेयक बनाएर संसदमा पेश गर्ने सहमति भइसकेको छ । दिउँसो ४ बजेपछि सिंहदरबारमा रहेको शान्त्ति तथा पुन निर्माण मन्त्रालयमा बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोग गठनका लागि थप छलफल गरिने छ ।  बैठकमा अयोग गठनका विषयमा मस्यौदा समितिले मस्यौदा पेश गर्ने र छफलमा उठेका विषयलाई पनि समेटेर मस्यौदालाई अन्तिम रुप दिने नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले बताउनुभयो ।  यस अघि हिजो शनिबार भएको बैठकमा दलहरुले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगसम्बन्धी विधेयक पारितका लागि संसदमा पेश गर्न सहमत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार