एमाले अखिलमा व्यापक छँटनी

२० फाल्गुन २०६९, आईतवार १२:५५ मा प्रकाशित

काठमाडौं, २० फागुन । अराजकता र अनुशासनहीनता बढेको र मौजुदा विद्यार्थी नेतृत्वले सम्हाल्न नसकेको भन्दै ६ महिना अघिदेखि अनेरास्ववियुको विवाद समाधान गर्न हस्तक्षेपकारी थालेको एमाले स्थायी समितिको निर्देशनमा विद्यार्थी फाँटले सो संगठनका २ सय १३ नेतालाई जिम्मेवारीमुक्त गरेको छ । विवाद मिलाउनका लागि राष्ट्रिय सम्मेलनसमेत स्थगित गरी एमालेले विद्यार्थी संगठनभित्रको विवादबारे छानबिन थालेको थियो । पार्टी स्थायी समितिबाटै निर्णय गरी एमालेले १ सय ४१ सदस्यीय सम्मेलन आयोजक कमिटी घोषणा गरी २ सय १३ जनालाई हटाएको हो । स्थायी समितिको निर्णयअनुसार शनिबार महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख तथा सचिव युवराज ज्ञवाली र विद्यार्थी फाँट इन्चार्ज भानुभक्त ढकालको उपस्थितिमा अनेरास्ववियुका पदाधिकारीसँगको छलफलपछि सो निर्णय गरिएको बताइएको छ ।
एमाले स्थायी समितिले सम्मेलन आयोजक समितिको नामावलीसहित निर्णय कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । केन्द्रीय सचिवालयका सचिव विष्णुप्रसाद पौडेलले पार्टीका तर्फबाट विद्यार्थी फाँट इन्चार्ज भानुभक्त ढकाललाई निर्णय कार्यान्वयनका लागि निर्देशनसहितको पत्र पठाएपछि शनिबार बैठक बसी अन्तिम रूप दिइएको हो ।  त्यस आधारमा स्थायी समितिले ३ सय ५४ सदस्यीय केन्द्रीय कमिटीलार्ई घटाएर १ सय ४१ सदस्यीय आयोजक कमिटी गठन गर्ने निर्णय गरेको छ भने अखिलको सम्मेलन आयोजक कमिटीको संयोजकमा माधव ढुंगेल र सह–संयोजकमा सुधीर शाह तोकिएका छन् ।
विवादबीच अन्तिम रूप दिइएको नामावलीअनुसार, आयोजक समिति सदस्यमा लक्ष्मण लम्साल, नवराज पौडेल, भीम राई, नवीना लामा, किशोरविक्रम मल्ल, रचना खड्का, वचनबहादुर सिंह, सरोज यादव रहेका छन् । उनीहरू सबै यसअघि अखिलमा पदाधिकारीको जिम्मेवारीमा थिए । पदाधिकारीको जिम्मेवारीमा रहेका कोषाध्यक्ष दीपक गौतमलाई आयोजक कमिटीमा समावेश गरिएको छैन भने सीपी घर्तीमगर, रश्मी आचार्य, महेश बर्तौला, थोमस बास्तोला, जीवन राई, सुनिता बराल, मेनका पछाईं, सरोजकुमार यादव, दुधप्रसाद घले, गौतम राई, महेशप्रसाद पन्त, विवेक श्रेष्ठ, बाबुराम पन्थीलगायतलाई  समितिका सदस्यमा समावेश गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा