दलहरु नयाँ विवादमा : संविधान संशोधन पहिले कि सरकार निर्माण ?

२० फाल्गुन २०६९, आईतवार ११:४८ मा प्रकाशित

काठमाडौं, २० फागुन । प्रमुख राजनीतिक दलहरू संविधान संशोधन पहिले गर्ने कि सरकार निर्माणपछि मात्र गर्ने भन्ने विवादमा फस्न पुगेका छन् । सत्ताधारी पक्षले नयाँ सरकार निर्माणअघि नै संविधानमा आवश्यक संसोधन गर्नुपर्ने अडान लिएको छ भने सत्तापक्षको चाल बुझेका विपक्षीले पहिले सरकार निर्माण गर्ने अनि मात्र संविधान संसोधन गरी बाधा अडकाउ फुकाएर चुनावमा जाने सर्त तेस्र्याएका छन् । पहिले नै संविधान संसोधन गरिदिएमा एमाओवादीले सत्ता नछोड्ने र संसोधित संविधानका आधारमा एकलौटी अघि बढ्ने सम्भावना रहेको विपक्षीहरुको ठहर छ ।
प्रधानन्यायाधीशको सम्बन्धमा अदालतमा परेको रिटको सम्बन्धमा २४ फागुनबाट अन्तिम सुनुवाइ गर्ने भएपछि दलहरू त्यसअघि नै नयाँ सरकार गठन गर्न अन्य सहमत छन् सत्तारूढ दल एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार निर्माण गर्नुअघि बाधा अड्काउ धारा प्रयोग गरी संविधान संशोधन गर्नुपर्ने सर्त अघि सारेपछि दलीय सहमति संकटमा परेको हो ।
सत्तारूढ दलहरूले पहिला संविधानको बाधा अड्काउ धारा प्रयोग गरेर नयाँ सरकार निर्माण गर्न र निर्वाचनका लागि आवश्यक संवैधानिक र कानुनी बाधा फुकाउने कार्य २४ फागुनअघि नै गरिसक्ने सर्त अघि सारेका छन् । तर, विपक्षी दलहरूले भने बाधा अड्काउ फुकाउ धारा क्रियाशील गर्ने हो भने प्रधानन्यायाधीशको शपथ पनि सँगसँगै गर्नुपर्ने अडान दोहो¥याएका छन् । संविधानको बाधा अड्काउ धारा प्रयोग गरेर संवैधानिक र कानुनी बाटो खुलाई सत्ता लम्ब्याउन विपक्षी सबै दललाई षड्यन्त्रमा फसाउन र्एमाओवादीले चाहेकाले सत्तापक्षीय दलको त्यस्तो प्रस्ताव अस्वीकार गरिएको विपक्षी नेताहरुको कथन छ ।
बाधा अड्काउ धारा २४ फागुनअघि नै प्रयोग गर्न तयार सत्ता पक्षधर दलहरू सरकार बनाउन भने २४ फागुन नै कुर्नुपर्ने पक्षमा अडिग रहेपछि दलीय छलफल र वार्ता पनि अनिश्चित भएको छ । प्रमुख दलहरूबीच नयाँ सरकार निर्माण र निर्वाचनको विषयमा शनिबार कुनै छलफल भएन भने आइतबार पनि कुनै बैठकको तयारी भएको छैन । नेपाली कांग्रेसका शीर्ष नेताहरु जिल्ला दौडाहामा रहेकाले पनि दलहरुबीचको बैठक सुचारु नभएको बुझिएको छ । यस हिसाबले फागुन महिनाभित्र पनि नयाँ सरकारको सम्भावना क्षीण रहेको विश्लेषकहरुको धारणा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।