एमाओवादीलाई हटाउन प्रधानन्यायाधीश स्वीकार गर्नुपरेको कांग्रेस नेताहरुको स्वीकारोक्ति

२० फाल्गुन २०६९, आईतवार ०९:३७ मा प्रकाशित

काठमाडौं, २० फागुन । प्रधानन्यायाधीशलाई कार्यपालिकाको समेत प्रमुख बनाउन खोजेको विषयमा चौतर्फी उठिरहेको विरोधको आवाजलाई कांग्रसका नेताहरुले सम्बोधनको प्रयास गरेका छन् । एमाओवादीको एजेण्डामा कांग्रेसले आत्मसमर्पण गरेको र मुलुकमा निरंकुशता जन्माउने कोसिसको मतियार बनेको भन्ने आरोपको जवाफ दिँदै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसले कुनै पनि हालतमा माओवादीसँग आत्मसमर्पण नगर्ने बरु उसलाई प्रजातान्त्रिक मूल्यमान्यतामा झुकाउन लागिपर्ने उद्घोष गरे । नेपाल दलित संघको चौथो महाधिवेशनको झापामा शनिबार उद्घाटन गर्दै सभापति कोइरालो कांग्रेस कठिनतम् चुनौतीहरुको सामना गर्न सक्षम रहेको दाबी गर्दै भने,  ‘हामी चुनौतीका बाबजुद पनि असफल भएका छैनौं, भविष्यमा पनि असफल हुने छैनौं र माओवादीसमक्ष आत्मसमर्पण गर्ने भए पहिले नै गर्ने थियौँ, बलिदानीको कुनै आवश्यकता नै पर्दैनथ्यो ।’
सोही कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले शक्ति पृथकीकरणमा आँच नआउने ढंगको व्यवस्थाका लागि बाध्यतावश प्रधानन्यायाधीशमा सहमति हुन लागेको बताए भने उपसभापति रामचन्द्र पौडेलले माओवादीलाई हटाएर चुनावी सरकार गठन गर्नु कांग्रेसको अर्जुनदृष्टि भएको बताए । उनले माओवादी सत्ता नछाड्ने खेलमा लागेकोले जसरी पनि उसलाई हटाउनु यतिबेलाको आवश्यकता भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार