
काठमाडौ, १९ फागुन । शनिबार साँझ नवलपरासी गैंडाकोटमा गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । भरतपुरका मनोज ढकाल र अप्सरा ढुङ्गानाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते बनेका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरु ना २२ प १५१ नम्बरको मोटरसाइकलमा सवार थिए भने मोटरसाइकललाई ठक्कर दिने बा ६ च ७४०४ नम्बरको जिपमा पूर्वराज्यमन्त्री करिमा वेगम सवार थिइन् । थुम्सी जंगल भनिने स्थानमा भएको सो दुर्घटनामा वेगमसमेत सामान्य घाइते बनेकी छिन् ।
बताइएअनुसार पूर्वमन्त्री वेगम चढेको जिप तीव्र गतिमा रहेकोले नियन्त्रणभन्दा बाहिर गई दुर्घटना निम्तिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न
रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा
ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।