थिति बिगारेको भन्दै तीन किशोरीलाई मोसो दलेपछि…

१९ फाल्गुन २०६९, शनिबार २१:०८ मा प्रकाशित

रासस/ मोरङ०, १९ फागुन । मोरङको मधुमल्ला र सँगै रहेको इलाम साक्फारा-२ मा तीनजना किशोरीलाई समाजको थिती बिगार्न खोजेको भन्दै केही गाउँलेले मोसो दलेर गाउँ घुमाएको खुल्न आएको छ। स्थानीयवासी गोपाल नेपालीका अनुसार मोसो दलेर गाउँ घुमाएको कुरा बताएमा ज्यान मार्ने धम्की दिएकाले घटना चार दिनपछि शनिबारमात्र सार्वजनिक भएको थियो। मोसो दल्नेहरु इलाम साक्फारा-२ का रमेश बोहोरा, अशोक साम्पाङ र टङ्क श्रेष्ठलाई आज प्रहरीचौकी मधुमल्लाले पक्राउ गरेको छ।
चौकीका प्रहरी सहायन निरीक्षक ईश्वर कार्कीले दिएको जानकारीअनुसार मधुमल्ला-३ मोरङ र इलाम साक्फारा-२ मा सोही ठाउँ बस्ने १४ वर्षकी विश्वकर्मा, १६ वर्षकी श्रेष्ठ र १७ वर्षकी राई थरकी किशोरीलाई फागुन १५ गते गाउँमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोप लगाउँदै मोसो दलेर गाउँ घुमाइएको थियो।
गाउँमा राति घुम्न हिँडेर उनीहरुले समाजको थिती बिगारेका केही गाउँलेको आरोप छ। उनीहरुमाथि भएको ज्यादतीको घटना एक कान दुई कान मैदान भएपछि स्थानीय अधिकारकर्मीहरुको सहयोगमा प्रहरीमा उजुरी परेको थियो। स्थानीय अधिकारकर्मीहरुले घटनाप्रति कडा विरोध जनाउँदै संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन्।
अपराध र उच्छृङ्खल कार्यमा संलग्न भए नजिकैको प्रहरीलाई खबर गर्नुपर्नेमा त्यसो नगरी कानुन आफ्नो हातमा लिएर मानवअधिकारविपरीत कार्य गरेकाले घटनाका अगुवालाई कडा कारबाही हुनुपर्ने पीडितहरुको पनि माग छ।
पक्राउ गरिएकाहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा पठाउने तयारी भइरहेको कार्कीले जानकारी गराए । इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक ढुण्डी न्यौपानेले ढिलो गरी मोसो दलेको सूचना आएकाले तत्काल यथार्थ बुझ्न चौकीका इन्चार्जलाई निर्देशन दिइसकेको र उनीहरुलाई थानामा झिकाएर कानुनी कारबाही चलाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने