पूर्वकर्णेलको घरमा चालिस लाखको रक्तचन्दन

१९ फाल्गुन २०६९, शनिबार २०:५२ मा प्रकाशित

काठमाडौ, १९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा र सशस्त्र प्रहरी वेस क्याम्प गोलागंजबाट खटिएको प्रहरी टोलीले बाराको गोलागञ्ज–४ कवलपुरस्थित प्रेमचन्द प्रसादको घरबाट २ सय ८५ केजी रक्तचन्दन बरामद गरेको छ । मानिस नबस्ने धानको भुस मात्र भण्डार गर्ने गरेको घरमा चारवटा जुटको बोरामा लुकाइ राखेको अवस्थामा रक्तचन्दन भेटिएको थियो । निज प्रमचन्द सेनाका पूर्वकर्णेल भएको समेत बुझिएको छ ।
४० लाख रुपैयाँ मूल्य पर्ने रक्तचन्दनसहित कारोबारी उचिडिह–९ का ४७ वर्षीय परमान्द साहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी बाराकै रत्नपुरी–५ बस्ने २६ बर्षीय बेदकुमार लामा र भारत सितामढी जिल्ला हनुमाननगर घर बताउने ५० बर्षीय परसन राउतलाई प्रहरीले १५ किलो चरेस र २ सय किलो गाँजासहित पक्राउ गरेको छ ।
यसैबीच विभिन्न व्यक्तिहरुलाई फोन गरी रकम माग गर्ने, रकम नदिए अपहरण गर्ने तथा ज्यानैसम्म लिने धाक धम्की दिने पर्वतका श्याम शर्मा काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौँ मैतीदेवी बस्दै आएका २२ वर्षिय श्यामले आफ्नो नाममा रहेको बैंकको खाता नम्बर दिई जबर्जस्ती रकम जम्मा गर्न लगाएको सुचनाका आधारमा महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरी निजलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।