‘प्रधानन्यायाधीशको नेतृत्व नेकपा माओवादीले कुनै हालतमा स्वीकार नगर्ने’

१९ फाल्गुन २०६९, शनिबार १३:५१ मा प्रकाशित

काठमाडौं, १९ फागुन । प्रमुख दलका नेताहरुले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु आजको बाध्यता भन्दै माहोल निर्माण गर्न कसरत गरिरहेका बेला नेकपा-माओवादीले कुनै पनि हालतमा प्रधानन्यायाधीश नेतृत्वको सरकार नमान्ने जनाउ दिएको छ । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्व अस्वीकार गर्ने बताउँदै चार दलले मात्रै गरेको उक्त निर्णयको खुलेर प्रतिकार गर्नु पर्ने अभिव्यक्ति दिए । 
जन स्वयंसेवक केन्द्रिय समितिको वैठकमा सहभागिता जनाउन पोखरा जाने क्रममा दमौलीमा क्रान्तिकारी पत्रकार महासंघ जिल्ला शाखाले शनिवार गरेको पत्रकार भेटघाटमा सचिव विप्लवले सो अभिव्यक्ति दिएका हुन् । सचिव विप्लवले प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री वनाउने वारेमा स्वयं न्याय क्षेत्रका व्याक्ति तथा संस्थावाट नै विरोध हुनु सकारात्मक भएको उल्लेख गरे । रेग्मीलाई प्रधानमन्त्री वनाउने कुरा विदेशीको एजेण्डा भएको उनको ठहर थियो । उनले राजनितिक दल, आन्दोलनवाट स्थापित शक्ति र विज्ञहरु विच गोलमेच सम्मेलन गरी वर्तमान अवस्थाको निकास दिन आवश्यक भएको दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ