पूर्वयुवराज पारशको होस खुल्यो

१९ फाल्गुन २०६९, शनिबार १३:३१ मा प्रकाशित

काठमाडौ, १९ फागुन । अन्ततः पूर्वराजपरिवारका सदस्य र पूर्वयुवराज पारशका शुभेच्छुकहरुको पुकारा भगवानले सुनेका छन् । हृदयाघातका कारण करिबदुई सातादेखि बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको होस खुलेको छ । उनी आफूअघिल्तिरका मानिससमेत चिन्ने अवस्थामा रहेको बैंककस्थित समितिभेज अस्पतालले जनाएको छ ।
समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पूर्वयुवराज पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहे पनि उनलाई अझै भेन्टीलेटरमै राखेर उपचार गरिएको जनाइएको छ ।
हृदयघात भएपछि उनलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुत्र पारशलाई भेट्नका लागि गत बुधबार मात्रै रपूर्वराजदम्पत्ति बैंकक प्रस्थान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत