ससुराको पुस्तक विमोचन गर्दै बाबुरामले भने- ‘जेठमा चुनाव पक्का !’

१९ फाल्गुन २०६९, शनिबार १३:२२ मा प्रकाशित

रासस/ काठमाडौं, १९ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी जेठ महिनाभित्र प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव हुने पक्कापक्की भइसकेको बताएका छन्। प्रधानमन्त्री भट्टराईले धर्मरत्‍न यमीद्वारा लिखित ‘सँदेया लिसः’ खण्डकाव्यको नेपाली अनुवाद पुस्तक ‘ल्हासा बोल्छे’ को लोकार्पण समारोहमा एकले अर्काको खुट्टा तान्ने र निषेधको राजनीति गर्नेहरुका कारण प्राप्त राजनीति उपललब्धि संस्थागत गर्न नसकिएको बताए। उनले कानुनको छिद्रा खोजेर वकालत गर्न चाहाने र विरोधका लागि विरोधै गर्नेहरुले मुलुकको आवश्यकता बुझ्न नसकेको आरोप लगाए। 
आजभन्दा ६७ वर्ष पहिले नेपालभाषामा लेखिएको सो कृतिको नेपाली अनुवाद दुर्गालाल श्रेष्ठले गर्नुभएको हो। यमीले २००२ सालमा कारागारमा बस्दा लेखेको उक्त कृति २००८ सालमा मात्र प्रकाशन भएको हो। यमीका १४ कृति विभिन्न भाषामा प्रकाशन भइसकेका छन्। व्यापारका क्रममा यमी तिब्बतमा सात वर्ष बस्नुभएको थियो। तिब्बत बसाइमा रहँदा तिब्बती केटीले राखेका प्रेम प्रस्तावका विषय कृतिमा समेटिएको छ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँलाले सो कृति दुःखान्त करुणकाव्य रहेको बताए। सो अवसरमा समालोचक प्रा माणिकलाल श्रेष्ठ, प्राज्ञ सुलोचना मानन्धर, तुलसीदास महर्जनलगायतले प्रकाश पार्नुभएको थियो। कृतिको प्रकाशन ुमूल्याङ्कन मासिकुले गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट