कर्णेल लामा धरौटीमा छुट्ने

१९ फाल्गुन २०६९, शनिबार १३:१४ मा प्रकाशित

काठमाडौं, १९ फागुन । करिब दुई महिनादेखि लन्डनस्थित बेलमार्स कारागारमा बन्दी बनाइएका नेपाली सेनाका कर्णेल कुमार लामालाई धरौटीमा रिहा गर्न बेलायतको अदालत तयार भएको छ । हिजो शुक्रवार चेल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा दिइएको जमानत आवेदनमा सुनुवाइ हुँदा अदालतले लामालाई धरौटीमा छाड्न आदेश दिएको बताइएको छ । नेपालमा युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका कर्णेल लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा गर्न त्यहाँको अदालतले आदेश दिएको हो। धरौटीमा रिहा भए पनि उनले मुद्दाको टुंगो नलागेसम्म बेलायत छोड्न भने नपाउने भएका छन् । बेलायतको नागरिकता (आइएलआर) लिएकाले यस्तो परिस्थिति पैदा भएको बुझिएको छ । दश हजार पाउण्ड धरौटी र अन्य कानुनी प्रक्रिया पुरा भएपछि बढिमा तीन दिनभित्र लामा छुट्ने नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
सेन्ट्रल क्रिमिनल कोर्टको आदेश बमोजिम लामाको प्ली केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मे मा हुनेछ भने उनको सुनुवाइ आगामी ५ जुनमा दक्षिण पश्चिम लन्डनस्थित किङ्स्टन क्राउन कोर्टमा हुने तय भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट