अनेक भूमिकामा रहेकी ‘भूमिका’ पुरस्कृत हुँदै

१९ फाल्गुन २०६९, शनिबार ०९:२५ मा प्रकाशित

काठमाडौं, १९ फागुन । जन्मदा उनी पुरुषका रुपमा जन्मेकी थिइन्, तर अहिले उनको कम्मरमुनि पुरुषको अंग छ भने कम्मरमाथिबाट उनी नारी देखिन्छिन् । यसरी केटा का रुपमा जन्मिए पनि पछि क्रमशः उनी केटीका रुपमा विकसित भइन् । ‘हाइ वे’ नामक चलचित्रमा अभिनय पनि गरेकी उनी युवा मानवअधिकार रक्षकका निम्ति नेपालको उपाध्यक्ष भइन् । उनले टीभी र एफएमका कार्यक्रम पनि सञ्चालन गरिन् । यति मात्र होइन हाल उनी नेपाली काङ्ग्रेसको काठमाडौं जिल्ला महाधिवेशन प्रतिनिधि समेत छिन् ।
उनी अर्थात् काठमाडौंवासी कुमार श्रेष्ठ र नूमाया श्रेष्ठकी सन्तान भूमिका श्रेष्ठ । २०४४ साल पुस २७ गते काठमाडौ‌मा जन्मिएकी भूमिकाको कैलाश श्रेष्ठका नाउँमा नागरिकताको प्रमाणपत्र र सवारीचालक प्रमाणपत्र रहेको छ । तेस्रोलिङ्गी भएको अभियोगमा एसएलसी परीक्षा दिनबाट बञ्चित भएकी भूमिकाले नै उनको घरको आर्थिक र अन्य व्यवहार सम्हाल्दै आएकी छिन् । तेस्रोलिङ्गी भएकै कारणले उनले अमेरिका, भारत, फिलिपिन्स, थाइल्यान्ड र बङ्गलादेशको भ्रमण गरिसकेकी छिन् ।
सन् २००७ मा तेस्रोलिङ्गी सुन्दरीको उपाधि प्राप्त गरेकी यिनै भूमिका यही फागुन २४ गते ०६९ को नइ रामलक्ष्मी पुरस्कारबाट सम्मानित हुँदै छिन् । प्रा.डा. रामप्रसाद उप्रेती र उनकी पत्नी लक्ष्मी उप्रेतीका नाउँमा स्थापित २० हजार रुपियाँ राशिको ूरामलक्ष्मी पुरस्कारू हरेक वर्ष एकजना प्रतिभाशाली तेस्रोलिङ्गीलाई प्रदान गरिने गरिन्छ । हरेक वर्ष झन्नै ११ लाख रुपियाँ राशि सहित नइ प्रकाशनका २५ वटा पुरस्कार प्रदान गरिंदै आएका छन् । भूमिका श्रेष्ठ लगायत युवा समूदायबाट शिखर उक्लेका विशिष्ट ९ जना प्रतिभालाई फागुन २४ गते जनही २० हजार रुपियाँ राशिको नइ पुरस्कार प्रदान गरिने सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत