सापकोटाको ‘ज्यादति’विरुद्ध उभियो नेपाली–यूरोपिय समुदाय

१९ फाल्गुन २०६९, शनिबार ०९:१९ मा प्रकाशित

काठमाडौं, १९ फागुन । नेपाल प्लस नामक ब्लगमार्फत् पेरिस (फ्रान्स) बसेर पत्रकारिता गर्दै आएका ददी सापकोटाले युरोपवासी नेपाली समुदायलाई प्रताडित गर्ने तथा अनेक प्रकारले दुःख दिएर बदनाम गराउने कार्य गरेको भन्दै बेल्जियमवासी नेपाली समुदायको एक भेलाले उनीप्रति खेद प्रस्ताव पास गरेको छ । गत २७ फेब्रुअरीमा बसेको भेलाले पास गरी जारी गरेको प्रेस विज्ञप्तिमा सापकोटाको पूर्वाग्रही पत्रकारिताका कारण बेल्जियमलगायत युरोपमा रहेका नेपाली दूतावास, नेपाली संघ–संस्थाहरु आजित बन्न पुगेको प्रस्ट्याउँदै पटा–पटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरी विनाकारण व्यक्तिहरुलाई धम्क्याउने, चरित्र हत्या गर्ने गरेकोले गैरआवासीय नेपाली संघ बेल्जियमको साधारणसभाबाट सापकोटाविरुद्ध खेद प्रस्ताव नै पारित गर्नुपरेको जनाइएको छ ।
बेल्जियमको लुभेन शहरमा गत फ्ब्रुअरीको अन्तिम साता आयोजित एक कार्यक्रममा उपस्थित सापकोटासँग ब्लगमार्फत् नेपाली समुदायहरुका बारेमा प्रकाशन गरिएको अनर्गल कुराबारे स्पष्टिकरण माग्दा उनी नाजवाफ भई बीचैमा कार्यक्रमस्थलबाट उम्कन खोजेको विज्ञप्तिमा जनाइएको छ । सभामा होहल्ला हुन थालेपछि स्पष्टिकणका लागि अर्को दिन उपस्थित गराइने भन्दै एक समूहको प्रयासमा ददीलाई त्यहाँबाट उम्काइएको बताइएको छ ।
गैर आवाशिय नेपाली संघ बेल्जियम, नेपाली जनसम्पर्क समिति बेल्जियम, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियम, नेपाली लोकतान्त्रिक मोर्चा, राप्रपा नेपाल प्रवासी समिति, युरो नेपाल खेलकुद संघ, युरो नेपाल कलाकार संघ, पासा पुच बेल्जियम, क्षेत्री समाज बेल्जियम, तमू समाज बेल्जियमलगायत करिब दुई दर्जन संघ–संस्थाद्वारा जारी विज्ञप्तिमा युरोपमा नेपाली समुदायको छबि धमिल्याउन ददीले प्रयत्न गर्दै आएको दाबी गर्दै एनआरएन तथा नेपाली सामाजिक संघ–संस्थाका गतिविधिप्रति विष वमन गरेको, नेपाली समूदायबीचको एकता खल्बल्याउन खोजेको, सामाजिक व्यक्तित्वहरको चरित्र हत्या गर्ने गरेको, स्वतन्त्र पत्रकारिता भन्दै उग्रवादी सोच राख्ने राजनीतिक पार्टीको पक्षमा वकालत गर्ने गरेको अभियोग उनीमाथि लगाइएको छ ।
सामाजिक सद्भाव भड्काउन खोज्ने व्यक्तिले फैलाएको भ्रममा नपर्न आग्रह गरिएको सो विज्ञप्तिमा सापकोटामाथि छानविन तथा कारबाही गर्न नेपाल पत्रकार महासंघ, महासंघको युरोप शाखा, नेपाल प्रेस काउन्सिलसमक्ष पत्राचार गरिएको समेत जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार