गैरदलीय नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने

१९ फाल्गुन २०६९, शनिबार ०६:४४ मा प्रकाशित

रासस/ स्याङ्जा, १९ फागुन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलको नेतृत्वमा बनेको सरकारले मात्रै संविधानसभाको चुनाव गर्न सक्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाले शुक्रबार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले भने, ‘गैरदलीय नेतृत्वको सरकारले मुलुकमा चुनाव गराउन सक्दैन, चुनाव गराउन त दलीय नेतृत्व आवश्यक हुन्छ।’ 
प्रधानान्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बन्ने चुनावी सरकारले कुनै पनि हालतमा मुलुकमा चुनाव गर्न नसक्ने दाबी गर्दै अध्यक्ष केसीले खिलराज नेतृत्वको सरकारले चार दलबाहेक कसैले पनि समर्थन नगर्ने दाबी गरे। ‘एमाओवादी, कांग्रेस, एमाले र मधेसी दल मात्रै यो देशमा छैनन्,’ नेता केसीले भने, ‘अन्य दलको अस्तित्वलाई ती दलले स्वीकार नगरेसम्म खिलराज नेतृत्वको सरकारले चुनाव गर्न सक्दैन।’
यसैगरी वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु भनेको दलहरू असफल हुनु हो भन्ने अभिव्यक्ति दिएकी छिन् । नेपाली कांग्रेसको नगरस्तरीय आधारभूत प्रशिक्षण कार्यक्रमको उद्‍घाटन गर्दै उनले लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहीत हुन्छ भन्दै जनताबाट निर्वाचित व्यक्तिले नै सरकारको नेतृत्व गर्नुपर्ने बताइन्।
उनले नब्बे प्रतिशत केन्द्रीय सदस्यको असहमति हुँदाहुँदै पनि पार्टीका केही शीर्ष नेताले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेका छन् भन्दै यसले मुलुकमा झन् राजनीतिक अस्थिरता थपिने र प्रजातन्त्र नै समाप्त हुने खतरा रहने धारणा व्यक्त गरिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्