प्रमुख दलहरु आफ्नै लहडमा, राष्ट्रपतिको यस्तो छ अडान

१९ फाल्गुन २०६९, शनिबार ०६:३८ मा प्रकाशित

काठमाडौं, १९ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको विषय यतिबेला तीव्र बहसको सन्दर्भ बनिरहेको छ । यस सन्दर्भलाई राष्ट्रपति रामवरण यादवले थप तरङ्गित तुल्याइदिएका छन् । धारा ३८ (१) बाट बाहिर गएर सरकार गठन गर्न आफूले स्वीकृति नदिने अडान राष्ट्रपतिले दर्शाएपछि यस्तो अनुभूति गरिएको हो । शुक्रबार नेपाल बार एसोसिएसनको एक प्रतिनिधि मण्डलसँग शितल निवासमा भेट गर्दै उनले आफू आफ्नो पुरानो अडानबाट पछि नहटेको अभिव्यक्ति दिए । ८ मंसिरदेखि आफूले थालेको प्रक्रिया अन्त्य नभएको भन्दै राष्ट्रपति यादवले जोसुकैको नेतृत्वमा दलहरु तयार भए पनि आफू भने असंवैधानिक प्रतीत हुने कदम चाल्न तयार नहुने सङ्केत दिए । कानूनी छलफल गरेर उचित निश्कर्ष निस्केपछि मात्र आफूले कुनै पनि कदमलाई स्वीकृति दिने राष्ट्रपतिको आशय झल्किएको बार पदाधिकारीहरुको बुझाई छ । बारका पदाधिकारीहरु प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न स्वीकृति दिए संविधान र शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने जनाउ दिन राष्ट्रपतिसमक्ष पुगेका थिए ।
यसरी एकतिर प्रमुख राजनीतिक दलहरु प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बनाउन अनेक विवादित विषहरुलाई सल्टाउने कसरत गरिरहेका छन् भने राष्ट्रपतिले चाहिँ सरकार गठनका लागि हुने असंवैधानिक कदमलाई आफूले स्वीकार नगर्ने बचन कानून व्यवसायीहरुलाई दिन पुगेका छन् । यस्तोमा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन सहमति जनाएका दलहरुको प्रतिक्रिया के हुने हो खुल्दुलीको विषय बनेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारलाई कामचलाउ भन्दै राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिय सरकार गठनको आह्वान गर्दै आएका छन् । एमाओवादीले हेटौँडा महाधिवेशनमार्फत् सरकारको नेतृत्वको लागि प्रधानन्यायाधीशलाई अघि सारेपछि राष्ट्रपति यादवले सो प्रक्रिया स्थगन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत