मेलिना र नन्दिताका पीडा

१९ फाल्गुन २०६९, शनिबार ०३:१४ मा प्रकाशित

उस्तै अभिनय, उस्तै उपस्थिति अनि एकैखालको चरित्र। यही कारण र समयअनुरूप भूमिकाको चयन गर्न नसक्नु अनि दर्शकहरूको मागअनुसार आफूलाई प्रस्तुत गर्न नसक्नुले नै यतिबेला नेपाली सिनेमाका केही नायिकाको अवस्था गुमनामजस्तै हुन थालेको छ।
सिनेमाको पर्दामा देखिरहनुपर्ने नायिका यतिबेला त्यसो नभएर आफ्नो चाहना र इच्छालाई मार्न बाध्य भइरहेका छन्। कोही घरमा नै सीमित भइरहेका छन् भने कोही खुम्चिएर टेलिभिजन क्षेत्रमा देखापर्न थालेका छन्। कुरा दुई नायिकाको हो। उनीहरू हुन् मेलिना मानन्धर र नन्दिता केसी। जति फिल्म पाए तापनि वा जति राम्रा अवसरहरू आए तापनि मेलिना र नन्दिताले खासै बजार हल्लाउन र तताउन सकेनन्। अभिनय शैलीका कारणले भन्दा पनि अनुहारका कारण मात्र यी दुईले सिनेमा पाइरहेका थिए। तर, केही समयता आएर मेलिना र नन्दिताको हातमा पनि सिनेमा परिरहेका छैनन्।
विवाह गरेपछि एक सन्तान जन्माएकी मेलिना यतिबेला घरपरिवार सम्हालेर बसेकी छिन्। नयाँ अनुहारहरूको बाहुल्य भइरहेको अहिलेको चलचित्र बजारमा अब जसरी आए तापनि मेलिनाले नेपाली सिनेमामा कमाल देखाउन नसक्ने निश्चित छ। घरपरिवार सम्हालेर बसेकी मेलिनाको सुन्दरताको बयान गरेर नथाक्ने निर्माता–निर्देशकहरू पनि यतिबेला घर सम्हालेर बसेका कलाकारहरूको पुनरागमनले खासै कमाल नदेखाउने ठोकुवा गर्छन्।
यसैगरी ठूलो पर्दामा रामै्रसँग जमेकी नन्दिता केसी पनि यतिबेला सानो पर्दामा अर्थात् टेलिभिजनमा सीमित हुन पुगेकी छिन्। एक चलचित्रसम्बन्धी कार्यक्रमको प्रस्तोताको रूपमा उनलाई यतिबेला दर्शकहरूले हेरिरहेका छन्। अचम्म लाग्दो कुरा के छ भने उनी स्वयम् फिल्म नपाएर टीभीतिर लागेकी छिन्।
तर, उनी आफैं फिल्म नपाएका अन्य नायिकाहरूको बारेमा बोल्छिन्। नन्दिता आफैँ फिल्म नपाएर गुमनाथ भइरहेकी छिन् भने उता उनी आफैँ आफ्ना सहकर्मीको बारेमा मूल्याङ्कन गर्छिन्। नन्दिताको यो हालत देखेर समीक्षकहरू भन्न थालेका छन्– अरूलाई गाली गर्ने र मूल्याङ्कन गर्ने नन्दिताको मूल्याङ्कनचाहिँ कसले गर्ने नि? आफ्नै अवस्था हात फैलाउनुपर्नेछ। तर, नन्दिता उक्त कार्यक्रममा काम नपाएर नायिका हात फैलाउन बाध्य छिन् भनेर ठूला कुरा गर्छिन्। आफैँ सिसाको घरमा बसेर अरूको सिसाको घरमा ढुङ्गा हान्न मिल्छ र? यो कुरा नन्दितालाई चेतना भया।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति

बलिउड । शनाया कपुर बलिउडका नायक संजय कपुरकी छोरी हुन् । शनाया चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा