हिमालयन शेर्पा क्लब सोनोमा क्यालिफोर्नियाको आयोजनामा ल्होसार कार्यक्रम सम्पन्न

१९ फाल्गुन २०६९, शनिबार ०३:०६ मा प्रकाशित

लाक्पा शेर्पा, क्यालिफोर्निया । विगत सात वर्ष देखि सोनोमा, क्यालिफोर्नियामा हुँदै आइरहेको २१४० शेर्पा ल्होसार गत २४ फेब्रुअरी २०१३, आइतबारको साँझ भव्य रुपमा सम्पन्न भएको छ । करिब ५:३० बजे लामा नवांग गेले ज्युबाट पूजा कार्य सम्पन्न भएपछी हिमालयन शेर्पा क्लबका अध्यक्ष श्री निमा शेर्पाले स्वागत भाषण गर्नुभयो । प्रमुख अतिथि सोनोमाका मेयर केन ब्राउनले सोनोमाको लोकल कम्युनिटीमा शेर्पाहरुको मेहनत, लगनशीलता र इमान्दारिताको प्रशंसा गर्दै हरेक वर्ष सोनोमामा हुने शेर्पा ल्होसार कार्यक्रमले शेर्पा कम्युनिटी र लोकल कम्युनिटी बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

सोनोमा भाइबहिनिहरुको नेपाली राष्ट्रिय गानबाट साँस्कृतिक कार्यक्रमको शुरुवात भएको थियो भने सोनोमा शेर्पाहरुले सामुहिक शेर्पा सेब्रु, हिन्ग्डू शेर्पाले “गुरांस फुल्दा “नृत्य, नाम्डू शेर्पा र कान्छी शेर्पाले “सुनकै भाउ” नृत्य, लक्ष्मी लामा, ज्योति दोङ्ग र रसांग लामाले “परदेशमा बस्ने ए हजुर”(कोरियोग्राफर कल्पना लामा ) , इन्द्र गुरुङ र मनिषा गुरुङले गुरुङ नृत्य, रिता जोशीले नेवारी नृत्य, ग्याल्जेन शेर्पाले हास्य नृत्य, मिंग्मा ल्हामु शेर्पाले “मै मोरीलाई लिन “नृत्य, सोनोमा युवा समुहले शेर्पा सेब्रु, गायक आङ्ग निमा शेर्पाले शेर्पा तथा नेपाली गीत प्रस्तुत गर्नुभयो भने कार्यक्रमको संचालन टाशी “ए”, टाशी “बी”, फिन्जो र अडिरा शेर्पाले गर्नुभयो । स्टेज कार्यक्रमको अन्तमा न्युयोर्कबाट आउनुभएका गायक गम्बु शेर्पा र जी टि भी सिङ्गिङ् सुपरस्टार गायक कर्मा शेर्पाले करिब १ घण्टा विभिन्न गीतहरु गाएर नचाउनुभयो ।

करिब २५० को उपस्थिति रहेको कार्यक्रममा वे एरियाका न्यान्सका नवनिर्वाचित अध्यक्ष उत्तम कार्की र कार्यसमितिका प्राय सदस्यहरु, निवर्तमान अध्यक्ष घन दवाडी लगायत पुराना कार्यसमिति सदस्यहरु, तामांग सोसाइटीका अध्यक्ष कुमार दोङ्ग, तमु समाजका अध्यक्ष गम गुरुङ, वे एरिया नेपाली समाज लगायत अन्य वे एरियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र विशेषगरी सोनोमाको लोकल अमेरिकन कम्युनिटीको बाक्लो उपस्थिति देखिन्थ्यो । स्टेज कार्यक्रमको समापन पछि शेर्पा सेब्रु र डि जे को संगीतमा सहभागीहरु रातको करिब १:३० सम्म रमिरहेका देखिन्थे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको