हेल्प नेपालका लागि च्यारिटी डिनरबाट चार लाख संकलन

१९ फाल्गुन २०६९, शनिबार ०३:०५ मा प्रकाशित

मिलन तमु, युके । हेल्प नेपाल नेटवर्कले थालेको दश करोड रुपियांको अक्षयकोष स्थापना गर्ने अभियानको सहयोगार्थ सोमबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट झण्डै चार लाख रुपियां संकलन गरिएको छ। रेष्टुरेण्टका सन्चालक तथा हेल्प नेपाल नेटवर्क युके च्याप्टरका सल्लाहकार सूर्य गुरुङको संयोजनमा आयोजित कार्यक्रममा स्थानीय ब्रिटिश समुदायका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

गोर्खा प्यालेस रेष्टुरेण्टको १४ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले हेल्प नेपाल नेटवर्कले गरिरहेको कल्याणकारी कामहरुमा मदत पुगोस् भन्ने उद्देश्यले च्यारिटी डिनर आयोजना गरिएको बताउनुभयो। उहांले आफ्नो रेष्टुरेण्ट सन् २०१२ को ब्रिटिश करी अवार्डकालागि दक्षिणपूर्वी इंगल्याण्डबाट मनोनित २५ वटा रेष्टुरेण्टहरुमध्ये परेको जानकारी दिंदै रेष्टुरेण्टको वार्षिकोत्सवको अवसरमा पालैपालो ब्रिटिश तथा नेपाली कल्याणकारी संस्थाहरुलाई सघाउने गरेको जानकारी पनि दिनुभयो।

उक्त अवसरमा हेल्प नेपाल नेटवर्क युकेका कार्यकारिणी सदस्य भगीरथ योगीले सन् १९९९ मा स्थापित नेटवर्कले नेपालमा दर्जनौं विद्यालयहरु, हेल्थपोष्ट र इलाइब्रेरीहरुको निर्माण र सन्चालनमा सहयोग पुराउंदै आएको बताउनुभयो। उहांले आपत्कालिन मानवीय सहायता पुराउने काममा पनि अग्रपंक्तिमा रहेको नेटवर्कले दाताबाट प्राप्त रकम प्रशासनिक काममा खर्च नगरी शत प्रतिशत तोकिएको परियोजनामा पठाउने गरेको जानकारी दिनुभयो। नेटवर्कको काठमाण्डूस्थित कार्यालयको खर्च एउटा छुट्टै प्रशासनिक अक्षयकोषबाट प्राप्त रकमबाट सन्चालन गरिने गरेको छ।

च्यारिटी डिनरका अवसरमा सहभागीहरुबीच राफल तथा बिंगो खेलाइनुकासाथै नेपाली कलात्मक झ्याल, बुद्धिष्ट प्रेयर ह्विल, खुकरी, पश्मिना लगायतका सामानहरुको अक्सन (लिलाम बढाबढ) गरिएको थियो। त्यस्तै सन् २०१२ मा उक्त रेष्टुरेण्टमा सबैभन्दा बढी पटक खाना खान आउने पिटर तथा श्रीमती लिन बिनफिल्ड र सबैभन्दा बढी रकम खर्च गर्ने साम भेनेबल्सलाई रेष्टुरेण्टको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

दशकरोड रुपियां अक्षयकोष स्थापना अभियानकै सहयोगार्थ आउंदो अगष्ट १८ तारिख, आइतबारका दिन अल्डरशटस्थित दि कनाट स्कुलमा एउटा बृहत् कार्यक्रम राखिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ। उक्त कार्यक्रमका प्रमुख संयोजक पनि रहनुभएका सूर्य गुरुङले बेलायतस्थित सबै नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई उक्त दिन सो कार्यक्रममा सहभागी भै कल्याणकारी काममा मन खोलेर सहयोग उपलब्ध गराउन अपील पनि गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको