समस्याग्रस्त वित्तिय संस्थामाथि कारबाही गर्न राष्ट्रबैंक हच्कियो

१८ फाल्गुन २०६९, शुक्रबार ०९:४४ मा प्रकाशित

काठमाडौं, १८ फागुन । समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले ६ महिनाभित्रमा सुधार गर्न नेपाल सेयर मार्केट्स कम्पनी र युनाइटेड विकास बैंक लिमिटेडलाई निर्देशन दिएको वर्ष दिन पुग्दा पनि ती संस्थाबारे थप निर्णय नलिएकोमा सम्बन्धित क्षेत्रबाट चासो दशाउन थालिएको छ । उल्लेखित दुईओटा संस्थाका बारेमा नेपाल राष्ट्र बैंकले अझै कुनै निर्णय गरेको छैन । दिइएको अवधिभित्र प्रगति नभएमा त्यसरी चेतावनी दिइएका संस्थाको बारेमा केही न केही निर्णय लिनुपर्ने भए पनि राष्ट्र बैंक हालसम्म मौन रहेपछि यसरी चासो दर्शाइएको हो। नेपाल सेयर मार्केट्स कम्पनीलाई २०६८ पुसमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । एक वर्ष बितिसक्दा पनि निर्णय नलिई मौन बस्दा ती संस्थाका निक्षेपकर्ता समस्यामा परेका छन् 

२०६८ वैशाखमा संस्थाको पुँजीकोष १ अर्ब ५९ करोड अर्थात् पुँजीकोष अनुपात ५९ दशमलव १४ प्रतिशतले ऋणात्मक रहेको, खराब कर्जा ५६ दशमलव ९८ प्रतिशत रहेको थियो । त्यसैगरी, संस्थाको कुल निक्षेपमा ७८ दशमलव ६ करोड लेखांकन नभएको निक्षेप रहेको राष्ट्र बैंकले गरेको सुपरिवेक्षणमा देखिएको थियो । केन्द्रिय बैंकले सो वर्षको पुस महिनामा संस्थाको थप सुपरिवेक्षणका क्रममा पुँजीकोष अनुपात झनै ऋणात्मक बन्दै गएपछि निक्षेपकर्ताको निक्षेप रकम डुब्न नदिन राष्ट्र बैंकले सो संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा गरेपछि केन्द्रीय बैंकले ६ महिनाभित्रमा संस्थाको वित्तीय अवस्था सुधार्न निर्देशन दिएको थियो । सो संस्थाले समस्याग्रस्त घोषणा भएको एक वर्ष बितिसक्दा पनि राष्ट्र बैंकले दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न सकेको छैन ।
त्यसैगरी, युनाइटेड विकास बैंक लिमिटेडलाई समस्याग्रस्त घोषणा भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि राष्ट्र बैंकले सो संस्थाको विषयमा कुनै निर्णय लिन सकेको छैन । समस्याग्रस्त घोषणा हुनुअघि राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सो बैंकको पुँजीकोष ११ करोड ७९ लाख ९२ हजार रुपैयाँ अर्थात् १०३ दशमलव ९० प्रतिशतले ऋणात्मक रहेको र खराब कर्जाको अनुपात कुल कर्जाको ८७ दशमलव ८१ प्रतिशत देखिएकाले केन्द्रीय बैंकले सो संस्थालाई संकटग्रस्त गरेको थियो ।
नेपाल राष्ट्र बैंकका हालसम्म सातओटा विकास बैंक र फाइनान्स कम्पनीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । सेयर मार्केट्स र युनाइटेड विकास बैंकबाहेक राष्ट्र बैंकले गोर्खा विकास बैंक, हिमालय फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स र कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडलाई संकट ग्रस्त घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने