बाबुराम सरकारलाई भिआईपीको चिन्ता

१८ फाल्गुन २०६९, शुक्रबार ०९:३० मा प्रकाशित

काठमाडौं, १८ फागुन । भिआईपीहरुको सुरक्षामाथि खतरा रहेको भन्दै सरकारले महत्वपूर्ण व्यक्तिको सुरक्षासम्बन्धी अलग्गै नीति ल्याउने तयारी गरेको बुझिएको छ । नेताहरुमाथि सार्वजनिक स्थलमा हातपात र आक्रमण बढ्न थालेपछि सुरक्षाबारे नयाँ नीति बनाइने कुराको चर्चा चल्दै आएको थियो । विशेषगरी प्रचण्डमाथि आफ्नै कार्यकर्ताले थप्पड मारेको घटनाले सुरक्षा अंगमाथि नै प्रश्नचिन्ह लगाउँदै सरकारले त्यस्तो प्रयास थालेको स्रोतको भनाई छ । 
नयाँ नीतिअनुसार सुरक्षा पाउनेले तोकिएको मापदण्डबारे जानकार भई गम्भीरतापूर्वक पालना गर्नुपर्ने र त्यसका लागि उनीहरूलाई सुरक्षाकर्मीले विशेष ुबिप्रिmङु गर्ने बताइएको छ । गृह मन्त्रालयको विशेष कार्यदलले साढे तीन महिना लगाएर उक्त नीतिसम्बन्धी मस्यौदा तयार गरी अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस भइसकेको बताइन्छ । मस्यौदा बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट