पशुपतिनाथमा चोरी गर्ने प्रहरी नियन्त्रणमा

१८ फाल्गुन २०६९, शुक्रबार ०९:०० मा प्रकाशित

काठमाडौं, १८ फागुन । पशुपतिनाथ मन्दिर परिसरको बुढानिलकण्ठ मूर्तिको दानपात्र बाट नगद चोरी गर्ने व्यक्ति पशुपतिनाथ मान्दिरमा रहेको अस्पताल भवनमै बस्दैआएका गोपाल नेपाली पोडे भएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । गत ४ गतेपशुपतिको रुद्रगाडेश्वर मन्दिर नजिकै रहेको आँखी ढोकाको तल्लो भाग फोडी ढोकाको चुकुल उप्काएर मन्दिर परिसरभित्र प्रवेश गरी मन्दिर पूर्वपट्टीको बुढानिलकण्ठको मूर्तिसँगै रहेको दानपत्रको पारदर्शी प्लाष्टिककको भाग फुटाई अन्दाजी २० हजार नगद तथा बहुमूलय पुराना सिक्काहरु चोरी भएको थियो । अभियुक्त पोडेलाई प्रहरीले चोरिएको सामानसहित भिमसेनगोलास्थित बबिता डाइङबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।