नेपाली भाषाको वर्ण विन्यास विवाद समाधान गर्न आग्रह

१९ चैत्र २०६८, आईतवार ०१:५३ मा प्रकाशित

काठमाडौ,१९ चैत । नेपाली भाषाको वर्ण विन्यास प्रयोगसम्बन्धी विवादलाई संस्थागत रुपमा समाधान गर्न नेपाली भाषा शिक्षक समाजले आग्रह गरेको छ । समाजले शनिबार एक विज्ञप्ति जारीगरी नेपाली भाषाको वर्ण विन्यास विवादका कारण नेपाली भाषाका पाठक, लेखक, प्रशिक्षक र विद्यार्थीमा अन्यौल छाएको भन्दै तत्काल समाधानको लागि आग्रह गरेको हो ।

हालै नेपाली भाषाका विज्ञ र विद्वानहरुद्वारा ललितपुर घोषणापत्र जारी गरि ब्यक्त गरिएको अन्यौल  सिर्जना गर्ने विचार नेपाली भाषाको आधिकारिक नेपाली बृहत् शब्दकोशमा स्थापित मान्यता विपरीत देखिन्छ । समाजले विज्ञप्ति जारीगरी आग्रह गरेको छ ‘व्यक्ति वा समूहको रुचिका आधारमा भाषिक नियमहरू पछ्याउँदै अगाडि बढ्ने हो भने भाषा अपव्याख्या वा दुर्घटना नहोला भन्न सकिन्न त्यसैले भाषाका नियम आधिकारिक र मानक हुनुपर्छ । भाषाका प्रयोक्ताहरूमा एकरूपता हुनुपर्छ भन्ने नेपालीभाषा शिक्षक समाजको ठहर छ’।

समाजले अन्यौल समाधानका लागि त्रिभुवन विश्वविद्यलाय, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, उच्च माध्यमिक शिक्षा परिषद् जस्ता संस्थासित परामर्श गरी उपयुक्त निकास निकाल्न समेत आग्रह गरेको छ । समाजले भनेको छ,’नेपाली भाषाका परिवर्तित नियम आत्मसात गरेर अगाडि बढेका संस्थाहरूले मौनता चिर्दै अन्योल हटाउन आवश्यक पहलका निम्ति समाज ध्यानाकर्षण गराउन चाहन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस