सञ्चारकर्मीलाई एचआइभी/एड्सबारे तालिम, नेपालमा कूल ५१ हजार र अर्घाखाँचीमा मात्र १ सय पाँचको पहिचान

१८ फाल्गुन २०६९, शुक्रबार ०६:३८ मा प्रकाशित

मुक्तिनाथ भुसाल/ अर्घाखाँची, १८ फागुन । सक्रिय सेवा समाजको आयोजनामा अर्घाखाँचीका विभिन्न संचार माध्यममा क्रियाशील संचारकर्मीहरुलाई एचआईभी÷एड्ससंग सम्बन्धित विविध विषयमा तालिम दिइएको छ । सन्धिखर्कमा आयोजना गरिएको तालिमका अवसरमा प्रशिक्षक गोविन्द भट्टराईले एचआईभी÷एड्सको तथ्यगत विषयमा जानकारी गराउनुका साथै मिडियाको भूमिका र रिपोर्टिङ्गमा ध्यान दिनुपर्ने सवालबारे प्रशिक्षण दिएका थिए । जिल्लामा पहिलोपटक सार्वजनिक भएकी संक्रमित पार्वता बञ्जाडेले समाजमा लुकेर बस्नु परेको विगतको अवस्थाबारे बताएकी थिइन् । घर परिवार, समुदाय र समाजको आँखा खोल्ने काममा मिडियाको भूमिका महत्वपूर्ण हुने सो अवसरमा बञ्जाडेले बताइन् ।
युएनएड्सका अनुसार नेपालमा एचआईभी संक्रमितहरुको अनुमानित संख्या ५१ हजार रहेको छ । जसमा अनुमानित बालबालिका संख्या ३ हजार ८ सय ५ जना रहेका छन् भने १८ बर्षका अनाथहरुको संख्या २८ हजार चार सय सत्र रहेको बुझिन्छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार २०६९ असार सम्ममा रगत परिक्षण्बाट १३,१५७ पुरुष, ७,४१७ महिला र ९ तेस्रोलिंगीसहित जम्मा २०,८५३ जना एचआईभी संक्रमीतहरुको पहिचान भइसकेको छ । पहिचान भएकामध्ये यौनकर्मी १,०२४ सुईवाट लागु औषध प्रयोग गर्नेहरु २,८२३ पुरुष समलिंगी २५६ यौनकर्मीका ग्राहकमा पुरुष ८,७७२ गूहणी ५,३३१ पुरुष साक्षmेदार ९७ र बालबालिका १,३७२ लगायत रहेका छन । जसमा पुरुष ३,९२३ महिला ३,२०० र तेस्रो लिंगी १९ जना गरी जम्मा ७,१४२ जनाले एआरटी खानेगरेको बुझिएको छ । विश्वमै पहिलो पटक १९८१ मा अमेरिकामा देखा परेको यो एचआईभीलाई १,९८३ मा एचआईभी नामाकरण गरिएको थियो । मानिस सभ्यताको विकास सँगसगै १,९८६ मा भारतमा देखा परेको एचआईभी १,९८८ अर्थात २,०४५ मा नेपालमा देखापरेको थियो ।
सक्रिय सेवा समाज अर्घाखाँचीले दिएको जानकारी अनुसार २०६९ माघ सम्म ५२ महिला र ५३ पुरुष गरी १०५ जना एचआईभी संक्रमित अर्घाखाँचीमा पहिचान भएका छन् । समयमा पहिचान हुन नसक्दा र अवसरवादी रोगको उपचार नपाएका कारण १० जना महिला र १४ जना पुरुष गरी जम्मा २४ जनाले ज्यान गुमाईसकेको थाहा लागेको छ । संक्रमित ब्यक्तिहरुको उपचारमा सहयोग गर्न आफुहरु हरदम लागिपरेको कुरा सक्रिय सेवा समाज अर्घाखाँचीका टिम लिडर बालकूष्ण खत्रीले जानकारी गराएका छन् ।
यूएनएड्सको तथ्याङ्क अनुसार विश्वमा एचआईभी एड्ससँगै बाचिरहेका संक्रमितहरुको अनुमानित सख्या ३ करोड ४० लाख रहेको छ भने त्यसमध्ये वयस्कहरुको संख्या ३ करोड ७ लाख रहेको अनुमान छ । कुल संक्रमीत मध्ये महिला मात्र १ करोड ६७ लाख र १५ बर्षमुनिका बालबालिकाहरु करीव ३३ लाख रहेका छन् । विश्वमा पछिल्लो एक वर्षमा मात्र २५ लाख नयाँ संक्रमित थपिएका छन् भने मूत्यु हुनेहरुमा वयस्क २२ लाख बालवालिका १५ बर्षमुनिका ३ लाख रहेका छन् । औषत प्रतिदिन विश्वमा एचआईभी संक्रमित हुनेहरु अनुमानित ७ हजार रहेको छ । सन् १९८१ यता एचआईभी एड्सका कारण अनुमानित २ करोड ५० लाख मानिसको ज्यान गईसकेको कुरा यूएनएड्सबाट प्रकाशित तथ्याङ्कले बताएको छ ।
एचआईभी मानिसको शरिर भित्र पसिसकेपछि शुरुको ३ महिनाको अवधिसम्म रगत जाँच गरे पनि जानकारी पाउन सकिन्न भन्ने तथ्य सबैले बुझ्नु आवश्यक छ । झ्याली अवस्था भनिने यो अवस्थामा रहेका मानिसबाट अन्य मानिसहरुमा एचआईभी सर्न सक्ने सम्भावना बढी हुन्छ । संक्रमीत ब्यक्तिमा पाँच वर्षसम्मको अवस्थामा रोगको लक्षण देखिँदैन । जसलाई चिन्ह र लक्षण नदेखिने अवस्था भनिन्छ । रगत जाँच नगराएका ब्यक्तिहरुलाई आफनो शरिरमा एचआईभी छ भनेपनि जानकारी नहुने कारण आफूबाट जोखिम ब्यवहार भएमा यौन साथीलाई एचआईभी सर्न सक्दछ । एचआईभीका कारण ५ बर्षपछी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्ति कमजोर हुदै जाने क्रममा विभिन्न अवसरवादी रोगहरुले आक्रमण गर्दे जाने अवस्थालाई अवसरवादी रोगका लक्षण देखापरिसकेको अवस्था भनिन्छ । यस बखत जनै खटिरा, क्षयरोग, लगायतका अवसरवादी रोगहरु देखा पर्दछन् । यो अवधि ५ देखी १० बर्षको भए पनी उपचार गरे अवसरवादी रोगहरु निको हुन्छ तर एचआईभी पूर्णरुपमा निर्मूल हुने औषधि बनिसकेको छैन । एण्टीरेण्ट्रोभाइरलले एचआइभीको बृद्धि र विकासलाई नियन्त्रण गरेर आयु लम्ब्याउन मद्दत गर्दछ । एचआईभीका कारण पछि आउने शारीरिक अवस्था एड्स हो । यो अवस्थामा शरिरको प्रतिरक्षा शक्ति अत्यन्तै कमजोर हुने कारण विभिन्न अवसरवादी रोगहरुका लक्षण एकैसाथ देखा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी