चुनावका लागि प्रधानन्यायाधीश स्वीकार गर्नुपरेको कोइरालाको खुलासा

१७ फाल्गुन २०६९, बिहीबार २२:२० मा प्रकाशित

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले यतिबेला कांग्रेसका लागि चुनाव नै पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । निर्वाचनको सुनिश्चितताकै लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पार्टीले स्वीकार गरेको उल्लेख गर्दै कोइरालाले पार्टीनिर्णयको विरोध भए पनि कांग्रेस आफ्नो निर्णयविपरीत नजाने प्रतिवद्धता जनाउनुभयो । प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तमा आँच आउने हो कि भन्ने देशव्यापीरुपमा देखिएको चिन्तालाई प्रधानन्यायाधीशले नै उचितरुपमा सम्बोधन गर्ने सभापति कोइरालाको कथन थियो ।
बिहिबार राजधानीमा कांग्रेसका संस्थापकमध्येका नेता सुवर्ण शमशेरको १०३ औँ जन्मजयन्तीका अवसरमा सुवर्ण शमशेर अध्ययन प्रतिष्ठान र नेपाली काँग्रेस काठमाडौँद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले राजनीतिक नेतृत्वमा सरकार गठन गर्नुपर्छ भनेकोमा एनेकपा (माओवादी)ले अनेक बहाना निकालेर सत्ता लम्ब्याउने काम गरेकोले चुनाव उपयोग गर्नुपर्छ भन्ने ध्येयका साथ प्रधानन्यायाधीशकै नेतृत्वमा भए पनि अघि बढ्ने सहमति भएको खुलासा गर्नुभयो ।
सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले निकासका लागि भन्दा पनि सत्ता लम्ब्याउने स्वार्थका कारण एनेकपा (माओवादी)ले प्रधानन्यायाधीशको प्रस्ताव ल्याएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो भने केन्द्रीय सदस्य गगन थापाले सुवर्ण शमशेरले २०१२ सालको पार्टी महाधिवेशनमा प्रजातान्त्रिक समाजवादी नीति ल्याएको र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत अर्थमन्त्री हुँदा सुवर्ण शमशेरले ल्याएको बजेट पढेर प्रशंसा गरेको स्मरण गर्नुभयो ।
काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा  प्रजातन्त्रवादी प्राध्यापक सङ्घ र शिक्षक सङघका नवनिर्वाचित अध्यक्ष वासु घिमिरे र केशव निरौला लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने