युवा संघ ‘एमालेको पुलिस’ जस्तै : अध्यक्ष बस्नेत

१७ फाल्गुन २०६९, बिहीबार १६:५५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, १७ फागुन । युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष महेश बस्नेतले युवा संघ ‘एमालेको पुलिस’ जस्तै जस्तै भएको बताएका छन् । जसरी प्रहरीले निर्देशनअनुसार तत्काल काम गरेर देखाउँछ युवा संघले पनि एमालेले दिएको निदर्शेनलाई पालना गरेर पार्टी संगठनको सुरक्षा दिने भएकाले युवा संघ नेपाल एमालेको पुलिस जस्तै भएको बस्नेतको भनाई थियो । उनले युवा संघको जन्म उन्नत तथा विकसित समाज निर्माण गर्ने लक्ष्यसहित भएकाले भ्रष्टाचारी, लोकतन्त्रविरोधीहरुलाई तह लगाउन पनि जस्तोसुकै अवस्थाको सामना गर्ने जनाए ।
बुटवलमा सम्पन्न भएको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएपछि चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले युवा संघ नेपाल सिर्जनशील युवाहरुको नेतृत्व गर्ने जिम्मवोर संगठन भएको दाबी गर्दै वाईसीएल जस्तो अराजक संगठन नभएको उल्लेख गरे । समाजमा भएका विकृति, विसंगति र भ्रष्टाचारका बिरुद्व युवा संघले ठोक भने ठोक्छ, रोक भने रोक्छ, यो संघले कसैको नबिगारने र नभत्काउने उनको भनाइ थियो ।
नेपालको राजनीतिमा मुकुन्डोधारीहरुको प्रवृत्ति हावी भएको भन्दै यसलाई युवा संघले तोड्ने चेतावनी दिंदै आवश्यक परे युथफोर्स जन्मन सक्ने उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र