नुवाकोटका जुम्ल्याहा दाजुभाइले बनाए ‘ई–भोटिङ मेसिन’

१७ फाल्गुन २०६९, बिहीबार ०८:२६ मा प्रकाशित

काठमाडौं, १७ फागुन । नेपालमा गरिने विभिन्न निर्वाचनका क्रममा परम्परागत शैलीबाट मतदान गरिँदा अनेकौँ बाधाव्यवधान, झगडाझमेला, अनियमितता र नतिजा प्रकाशनमा ढिलासुस्तीका कुराहरु सुन्नमा आउँछन् । यस्ता कुराहरुबाट मुक्ति मिल्ने दाबीका साथ जुम्ल्याहा दाजुभाइको एक जोडीले आफैंद्वारा निर्मित निर्वाचनका लागि अत्यन्तै आवश्यक मानिएको इलेक्ट्रोनिक भोटिङ मेसिन सार्वजनिक गरेका छन् ।
उनीहरूले आफूहरूद्वारा बनाइएको  ‘ई–भोटिङ मेसिन’ निकट भविष्यमा हुने भनिएको अर्को संविधानसभा निर्वाचनमा प्रयोगमा ल्याउन सकिने बताएका छन् । यो मेसिनको प्रयोग भएपछि कसैले पनि आफ्नो मतको दुरुपयोग गर्न नसक्ने, एक व्यक्तिले एक पटक मात्र मत हाल्न सक्ने, अर्काको नाममा मत हाल्न नसक्ने पनि उनीहरुले दाबी गरेका छन् ।
नुवाकोट मदानपुरका ३० वर्षीय जुम्ल्याहा राम–लक्ष्मण रिमालले तीन वर्षको अथक प्रयासपछि ई–भोटिङ मेसिन निर्माणमा सफलता प्राप्त गरेका हुन् । बीबीएससम्म पढेका यी जुम्ल्याहा दाजुभाइले इन्टरनेट हेरेकै भरमा सो मेसिन बनाउन सफलता प्राप्त गरेका बताएका छन् ।
आफूहरूले बनाएको ई–भोटिङ मेसिन निर्वाचनका लागि विश्वस्त, प्रभावकारी र स्वच्छ हुने दाबी मात्र उनीहरुले गरेका नभई सरकारले भनेको खण्डमा आफूहरूले बनाएको मेसिन चार महिनापछि हुने भनिएको संविधानसभा निर्वाचनमा पनि उपलब्ध गराउन आफूहरू सक्षम रहेको उनीहरूको भनाइ छ । युवा वैज्ञानिक रामप्रसाद रिमालले विदेशमा निर्मितभन्दा आफूहरूले बनाएको मेसिन प्रभावकारी र बलियो भएको दाबीसमेत गरे । अर्का वैज्ञानिक लक्ष्मण रिमालले हाम्रो जस्तो मुलुकमा निर्वाचनमा धाँधली र मत बदर हुनु सामान्य कुरा भएको उल्लेख गर्दै आफूहरुले बनाएको ई–भोटिङ मेसिन प्रयोग गर्दा निर्वाचन धाँधली पनि नहुने र मत बदर पनि नहुने दाबी गरे । उक्त मेसिन अशिक्षित व्यक्तिले पनि सहजै प्रयोग गर्न सक्ने उनीहरुको कथन छ ।  आफूहरूले बनाएको ई–भोटिङ मेसिनमा १ लाखसम्म मत राख्न मिल्ने रिमाल दाजुभाइले बताए । रिमाल दाजुभाइले बनाएको मेसिनमा नेपाली भाषा प्रयोग गरिएको छ । भोट हाल्नुअघि नेपाली भाषामै मतदानबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । एक पटक मत हालिसकेपछि सो व्यक्तिले फेरि मत हाल्न पाउने छैन । एक व्यक्तिले १५ सेकेन्डभित्र मतदान गर्न सक्ने व्यवस्था यसमा मिलाइएको छ ।
यो मेसिनको तौल करिब १० किलो छ । जुनसुकै निर्वाचनमा प्रयोग गर्न सकिने यो बहुउपयोगी प्रविधिमा जडान गरिएका उपकरणहरू स्वचालित हुने भएकाले जनशक्तिको समेत बचत हुनेछ । एक व्यक्तिले १५ सेकेन्डमा मतदान गर्न सक्ने र ३० जना उम्मेदवारसम्म एकै पटक चुन्न सकिने बताइएको छ । यसबाट कति मत खस्यो भनेर समेत आवश्यकताअनुसार हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट