स्थानीय निकायको माग गर्दै गाविस सचिवहरु आन्दोलनमा

१७ फाल्गुन २०६९, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं, १७ फागुन । निर्वाचित जनप्रतिनिधिको अभावमा गाविस अध्यक्षको काम आफूहरुले गर्नुपर्दा अनेक व्यवधान आइपरेको र सुरक्षाका दृष्टिलेसमेत आफूहरु जोखिममा परेको आवाज उठाउँदै आएका मुलुकभरका गाविससचिवहरु आन्दोलनमा उत्रिएका छन् । तत्काल स्थानीय स्थानीय निकायको निर्वाचन हुनुपर्ने माग गर्दै देशभरका गाविस सचिवहरूले अनिश्चितकालीन गाविस बन्द घोषणा गरेका छन् । चुनावको सुनिश्चितता नभएसम्म गाविसका सबै कामकाज बन्द गर्ने उद्घोषसहित गाविस सचिव हकहिक संरक्षण केन्द्रको आह्वानमा गाविससचिवहरुले बुधबारदेखि आ–आफ्ना गाविस कार्यालयका कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाविस सचिवहरूले नै राजनीतिक जिम्मेवारी पनि लिइरहेकोले गाविसका कार्यसम्पादन प्रभावकारी हुन नसकिरहेको गुनासो वर्षैंदेखि उठ्दै आइरहेको छ । ‘संविधानसभाको निर्वाचनबारे मात्रै छलफल भइरहेको छ, स्थानीय निकायको निर्वाचनमा कोही नेताहरूको ध्यान गएको छैन,’ गाविससचिव हकहित संरक्षण केन्द्रका महासचिव मुकुन्द्रप्रसाद गजुरेलले भने, ‘त्यसैले हामीले अहिले संविधानसभाको निर्वाचनसँगै स्थानीय निकायको पनि निर्वाचन हुनुपर्छ भनेर आन्दोलन चर्काएका हौं ।’ संविधानसभाको निर्वाचनपछि मात्रै स्थानीय निकायको निर्वाचन गर्न खोजे फेरि स्थानीय निकायको निर्वाचन टरेर जाने उनले दाबी गरे । उनका अनुसार केन्द्रले पटक–पटक थानीय निकायको चुनावको माग गर्दै आएको छ । केन्द्रले चुनावको माग गर्दै स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्रसमेत दिएका थिए । ‘हामीले यही माग राखेर पटक–पटक सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै आएका छौं,’ महासचिव गजुरेलले भने, ‘तर, अहिलेसम्म हाम्रो माग सम्बोधन भएन ।’ केन्द्रले स्थानीय सेवा आयोग गठन हुनुपर्ने, गाविस अनुदान कटौती नहुनुपर्ने, सामाजिक सुरक्षा भत्ता रकम मागअनुसार प्राप्त हुनुपर्ने कुरा पनि राखेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार देशभरबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्ता रकम माग भएर आउँछ । तर, मन्त्रालयले वार्षिक करिब साढे ८ अर्ब रुपैयाँ मात्रै बाड्न सकिरहेको छ ।
स्थानीय सेवा आयोग गठन गरी सोमार्फत स्थानीय निकायका कर्मचारी व्यवस्थापन गनुपर्ने गाविस सचिवहरूको अडान छ । हाल नेपालभर ३ हजार ९ सय १५ गाविस छन् । सरकारले कतिपय गाविस मिलाएर ४१ ओटा थप नयाँ नगरपालिका घोषणा गरे पनि हाल ती क्षेत्रमा गाविससरह नै काम भइरहेको छ । मुलुकभर करिब ६ सय गाविस सचिवको संख्या अपुग छ । एउटै गाविस सचिवले दुई वा तीन गाविसका काम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४