नियन्त्रण मुक्त चेक नागरिक जुजना टकाज (मारिची) स्वदेश फिर्ता

१९ चैत्र २०६८, आईतवार ०१:४४ मा प्रकाशित

काठमाडौ, १९ चैत । तपस्वी रामबहादुर बम्जनको ध्यान भंग गर्न खोजेको आरोप लगाउदै अपहरण गरिएकी चेकरिपब्लिकन महिला जुजना टकाज (मारिची) शुक्रबार स्वदेश फर्केकी छन् । तपस्वी रामबहादुर बम्जनको नियन्त्रणमा रहनु परेका कारण नौ महिनादेखि बिनाभिसा नेपालमा बसिरहेकी ४४ वर्षीया जुजना टकाज (मारिची) शुक्रबार आफ्नो देश चेक रिपब्लिक फर्केकी हुन् । नेपालमा रहेको चेक रिपब्लिकको कन्सुलर कार्यालयले ९ महिना अवैधरुपमा नेपाल बसेकी जुजना टकाज (मारिची)लाई अध्यागमनको नियन्त्रणबाट छुटाई स्वदेश फर्काएको हो ।

कन्सुलर कार्यालयले जुजना टकाजतर्फबाट बुझाउनुपर्ने बिगो र जरिवानासहित १ लाख ३१ हजार १ सय ५२ रुपैयाँ तिरेपछि रिहा गरिएको हो । जरिवाना तिरेकै राति मारिची दोहो हुँदै चेकरिपब्लिक उडेकी थिइन् । जुजना टकाज (मारिची)लाई इलाका प्रहरी सिमराले बिनाअनुमति नेपाल बसिरहेको अभियोग लगाउँदै गत सोमबार वीरगन्जस्थित अध्यागमन कार्यालयलाई बुझाएको थियो ।

त्यसै गरि वीरगन्ज अध्यागमनले मंगलबार काठमाडौंस्थित अध्यागमन विभागलाई अनुसन्धान र कारबाहीका लागि पठाएको थियो । सन् २०११ जनबरी ५ तारिख काठमाडौं ओर्लिएकी जुजना टकाज (मारिची)लाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमनले ५ महिनाको भिसा अनुमति दिएको थियो । त्यसअनुसार उनको भिसा म्याद जून महिनाको पहिलो साता सकिएको थियो । जुजना टकाज (मारिची)लाई गत पुसदेखि बन्धक बनाएको समाचार सार्बजनिक भए पछी डोरीले बाँधेर राखिएकी मारिची लाई चैत १३ गते मुक्त गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।