प्रजातन्त्रका लागि निर्वाचन अपरिहार्य : राजदुत बोडी

१७ फाल्गुन २०६९, बिहीबार ०७:११ मा प्रकाशित

राज गुरुङ/ कास्की, १७ फागुन । पिस कोर भोलियन्टियरहरुको कामको जानकारी लिने उद्देश्यले बाग्लुङ, म्याग्दीलगायतका पश्चिमी जिल्ला भ्रमणमा निस्कनुभएका नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडी बुधबार पोखरा आउनुभएको छ । पोखरामा राजदूत बोडीले एक पत्रकार सम्मेलनको आयोजना समेत गर्नुभयो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उहाँले नेपालमा प्रजातन्त्र संस्थागत गर्नका लागि चुनाव अपरिहार्य भएको बताउनुभयो । त्यसका लागि अमेरिकाले सघाउने उल्लेख गर्दै राजदूत बोडीले तर कुनै पनि राजनीतिक दललाई भने सहयोग नगर्ने विचार व्यक्त गर्नुभयो । उहाँको अभिव्यक्तिको आशय नेपालमा अनेक विचार बोकेका धेरै राजनीतिक दल भएकाले कुनै पनि दलविशेषलाई काखी च्यापेर सहयोग आदानप्रदान नगर्ने भन्ने बुझिन्थ्यो । दलहरु मिलेर लिएको साझा निर्ण आफूहरुलाई मान्य हुने र सोअनुरुप नै सहयोगको हात बढाइने उहाँले बताउनुभयो । उहाँले नेपालका आन्तरिक कुनै पनि निर्णय नेपालीहरुले नै लिँदा उत्तम हुने सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट