कार्यकर्तालाई प्रशिक्षण दिने तयारीमा कांग्रेस

१६ फाल्गुन २०६९, बुधबार १९:२६ मा प्रकाशित

रासस/ काठमाडौं, १६ फागुन । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका नेता तथा कार्यकर्ताको लागि आगामी चैत महिनामा काठमाडौँ, नुवाकोट र नेपालगन्जमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। बागमती अञ्चलका सबै जिल्लासहित दोलखा र रामेछापका महासमिति सदस्यका लागि नुवाकोटमा चैत १ देखि ३ गतेसम्म प्रशिक्षण कार्यक्रम गरिने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विनोद भट्टराईले बताए।
प्रशिक्षकसमेत तयार गर्ने लक्ष्य राखिएको सो प्रशिक्षणमा जिल्ला सभापति, भातृसंस्था र शिक्षकका प्रतिनिधिसमेत गरी करिब २०० सहभागी हुने बताइएको छ। पार्टी उपसभापति रामचन्द्र पौडेल प्रमुख रहनुभएको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठानले गर्ने ती कार्यक्रममा समसामयिक राजनीतिक अवस्था, सङ्गठन र सिद्धान्तका बारेमा पार्टीका नेता तथा विज्ञहरुले प्रशिक्षण दिनेछन्।
त्यस्तै प्रत्येक अञ्चलमा प्रशिक्षण कार्यक्रम गर्ने लक्ष्यअन्तर्गत पहिलोपटक बागमती अञ्चल स्तरीय प्रशिक्षण चैत ९ देखि ११ गतेसम्म गरिनेछ। काठमाडौँको सो प्रशिक्षणमा महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ।
चैत १७ देखि १९ गतेसम्म बाँकेको नेपालगन्जमा हुने मध्यपश्चिमाञ्चलमा त्यस क्षेत्रका सबै जिल्लाका महासमिति सदस्यको सहभागिता रहने नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।यसअघि प्रतिष्ठानले वीरगन्ज, इटहरी, पाल्पा, र टीकापुरमा क्षेत्रीय प्रशिक्षण कार्यक्रम पूरा गरिसकेको छ।
त्यस्तै देशभरिका जिल्ला सचिवको पोखरामा, नगर सभापतिको भक्तपुरमा, क्षेत्रीय सभापतिको काठमाडौँ थलीमा प्रशिक्षण गरिसकेको प्रतिष्ठानले प्रशिक्षणक प्रशिक्षणलगायत नीति निर्माण तहमा गोष्ठीसमेत गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा