सार्वजनिक स्थानमा धुमपान गर्नेको रेकर्ड प्रहरीसँग रहने

१६ फाल्गुन २०६९, बुधबार १७:५२ मा प्रकाशित

काठमाडौं, १६ फागुन । आफ्नै ८ बर्षीया छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ शनिश्चरे–४ बस्ने ४० बर्षीय खड्गबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका निजले मंगलबार साँझ आफ्नै छोरीलाई आफ्नै घरमा जबर्जस्ती बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, नेपालगंज नगरपालिका–६ स्थित हिन्दु स्वयंसेवक संघको कार्यालय परिसरमा पार्क गरी राखेको बा.१९ प १३६६ नम्वरको यामाहा मोटरसाइकलमा शंकास्पद तवरबाट आगजी गरिएको छ । मुस्लिम समुदायको ज्यादा बसोवास रहेको स्थानमा त्यसरी हिन्दु संगठनका कार्यकर्ताको मोटरसाइकल जलाइनुलाई गम्भीर रुपमा लिइएको छ । अपरिचित समूहले उक्त मोटरसाइकल कार्यालयदेखि अंदाजी १ सय मिटर उत्तरमा रहेको मुलगेटमा ल्याई आगजनी गर्दा पूर्ण रुपमा जलेर क्षती भएको थियो । प्रहरीले गम्भीर रुपले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै, काठमाडाँै उपत्यकाभित्र बढ्दै गरेको चोरी, लुटपाट, गुण्डागर्दी, जस्ता अपराधलाई नियन्त्रण गर्न संचालन गरिएको ट्यापे, मुन्द्रे, गुण्डा, सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरुलाई नियन्त्रणमा लिने अभियानअन्तर्गत हजारभन्दा बढी व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय ६२ जना सार्वजनिक स्थानमा धुमपान गर्नेहरु रहेका छन् । यसरी नियन्त्रणमा लिई निजहरुको नाम, थर, वतन, हुलिया, औठाछाप, फोटो राख्ने कार्य गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय