गच्छदारले तोके चुनावको तिथि

१६ फाल्गुन २०६९, बुधबार १३:५० मा प्रकाशित

काठमाडौं, १६ फागुन ।  बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने प्रक्रिया अघिबढेको दाबी गरिएको परिवेशबीच सत्ताधारी दलका नेताहरुले आगामी जेठमै निर्वाचन हुने दाबी गर्न थाले पनि उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले भने जेठमा निर्वाचन सम्भव नभएको अभिव्यक्ति दिएका छन् । संवैधानिक र कानुनी जटिलताका कारण जेठ महिनामा निर्वाचन सम्भव नरहेको तर्क गर्दै उनले कानुनी र संबैधानिक जटिलता हटाएर चुनाव गराउन मंसिरको पहिलो सातायता सम्भव नहुने बताएका छन् ।
बुधबार विराटनगर पुगेका गच्छदारले स्थानीय सञ्चारकर्मीहरुसित कुरागर्दै संविधानसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता हुने किटानी गरे । सत्ताको नेतृत्व गरिरहेको एमाओवादी अध्यक्ष प्रचण्डले त चैतको म्याद दिए नि भन्ने सवालमा गच्छदारले त्यो कुरा उहाँसँगै सोध्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी