अभागी राजा !

१६ फाल्गुन २०६९, बुधबार ०९:३१ मा प्रकाशित

आधुनिक नेपालको स्थापना गर्ने श्री ५ बडामहाराज पृथ्वीनारायण शाहका वंशज एघार राजाहरूमध्ये दुःख नपाउने राजा सायदै कोही भए होलान्, तर राजा ज्ञानेन्द्रजति अभागीचाहिँ अरू कोही देखिनन् भन्न मिल्ने भएको छ । राजा ज्ञानेन्द्रले कलिलो उमेरमै आफ्नी माता गुमाउनुपरयो भने आफ्ना दाजुको वंश नास भएको हेर्नुपरयो । पुर्खाले स्थापना गरेको विरासत पनि उहाँले धान्न सक्नुभएन, आफ्नै जीवनकालमा गणतन्त्रको घोषणा भयो, ऐतिहासिक नारायणहिटी राजदरबार छोडेर हिँड्नुप¥यो । बघिनीले गरेको सिकारमा हुँडारहरूको कब्जा भएझैं पुर्खाको पौरखले जन्माएको आफ्नो मुलुकमा पराया शक्तिहरूको हालिमुहाली टुलुटुलु हेरिबस्न उहाँ बाध्य हुनुहुन्छ । दाजुको वंश नास भएपछि त्यसको मिथ्या आरोप पनि उहाँले नै व्यहोर्नुपरयो । हामी नेपाली मात्र यसरी आफूलाई लागेको या सस्तो हल्ला–चर्चामा विश्वास गर्नेमा पर्छौं कि संसारका अन्य मुलुकमा पनि यसप्रकारका प्राणी छन् त्यो अनुसन्धानको विषय होला, तर, नेपाली दार्शनिक रूपचन्द्र विष्टका अनुसार पनि हामी नेपालीमा असत्य र झुट बढी मन पराउने स्वभाव–मनोविज्ञान छ । हत्याकाण्डका एक पीडित गोरखशमशेर राणा जो आफैँले गोली खाएका छन्, जसकी प्रिय पत्नीको हत्या भएको छ र आफ्ना साना नानीहरू मातृवात्सल्यबाट वञ्चित भएका छन्, तिनको कुरा हामी ‘वीर’ गोर्खालीलाई विश्वास भएन, तर त्यसताक ‘जङ्गलतिर’ बस्ने कुनै प्रचण्ड आदि नामधारीहरूले हत्या ज्ञानेन्द्रबाटै भएको हो भनी घोषणा गरिदिए, नेपालीलाई खुव मनपरयो, पत्याइदिए । घटनाका प्रत्यक्षदर्शी तथा पीडित गोरखशमशेरका भन्दा प्रचण्डहरूका कुरा पत्याउँदा नै हामीलाई आनन्दानुभूति भयो, पत्याइदियौँ र राजा वीरेन्द्रको वंश नास भाइ ज्ञानेन्द्रले नै गरेका हुन् भन्ने नियोजित प्रचारमा हामी अझै जुट्दै छौँ । यति ठूलो आरोप कुनै भाग्यमानीले कहिल्यै व्यहोर्नुपर्दैन, जस्तो कि दीपेन्द्र जो वास्तविक हत्यारा भएको पुष्टि हुन्छ, उनले पनि व्यहोर्नु परिरहेको छैन । ‘राजा’ ज्ञानेन्द्रकी आफ्नै धर्मपत्नी बडामहारानीसमेत गोली लागी घाइते भएकी हुन् र उनको शरीरमा रहेका गोली निकाल्नका लागि अझै ‘अपरेसन’ चल्दै छ । तर, त्यसमा सहानुभूति पाउनुको सट्टा ‘साँच्ची त्यो बडामहारानी कोमललाई चाहिँ कसरी गोली लाग्न पुगेछ हँ’ भन्ने व्यङ्ग्यात्मक प्रश्न उठाएर हामी ‘राजा’ ज्ञानेन्द्रको पीडाको खिल्ली उडाउँदै छौँ । कुनै पनि भाग्यमानीले जीवनमा यसप्रकारको नियति भोग्नुपर्दैन जुन ‘राजा’ ज्ञानेन्द्रले भोगिरहनुपरेको छ । एक मात्र सुपुत्रीको दाम्पत्यजीवन सुखी र खुसी रहेको पनि देखिन्न । राजबहादुर नामका ‘ज्वाइँ साहेव’को व्यवहार र चरित्र समाजमा यदाकदा उत्पन्न हुने कुनै ‘डन’ या गुण्डाहरूको भन्दा फरक नहुनुको पीडा पनि एक पिताका रूपमा ‘राजा’ ज्ञानेन्द्रले नै सहिरहनुपरेको छ । दाजु राजा वीरेन्द्र र रानी ऐश्वर्यले विभिन्न व्यक्तिहरूमार्फत स्वदेश र विदेशमा गरेको लगानी को–कसको कब्जामा प¥यो भन्ने कुराको जानकारी ‘राजा’ ज्ञानेन्द्रलाई नभएको होइन । दाजुको वंश नास हुने दिनसम्म राष्ट्रिय वाणिज्य बैंकको कालोसूचीमा परेका व्यक्ति वीरेन्द्र–ऐश्वर्यको निधनस“गै खर्बपति भएका छन् । देशको अर्थतन्त्र ओरालो लागेको र अरू सारा उद्यमी–व्यापारीहरूको अवस्था नाजुक रहेका बेला ती व्यक्ति विदेशमा लगानी गर्न पाउनुपर्ने माग गर्दै छन् । उनको यो हैसियत कसरी बन्यो भन्ने थाहा पाएर पनि चुपचाप बस्न बाध्य देखिन्छन् ‘राजा’ ज्ञानेन्द्र । कुनै भाग्यमानीले यस्तो नियति भोग्नुपर्ने कुराको कल्पना गरिँदैन । आफ्नो निवासको पर्खाल भत्काइ“दा होस् या सरकारले उपलब्ध गराएको एउटा घरको विद्युत् महसुस सरकारले नतिरिदिएका कारण होस् अपमानित एउटै ज्ञानेन्द्रले हुनु परिरहेको छ । जवान बुहारी घरमा छोडेर आफ्नो एक मात्र पुत्रले देश छोड्नुअघि पनि पुत्रका कारण ‘राजा’लाई सन्तुष्टि या गौरवबोध गर्नुपर्ने अवस्था कहिल्यै थिएन । विभिन्न उपद्रवसँग पुत्रको नाम जोडिँदा एउटा ‘राजा’लाई हुने पीडा त छँदै छ, पिताका रूपमा झनै ठूलो पीडा उहाँले व्यहोर्नुप¥यो । जीवनकालमा पुत्रका कारण अनेक पीडा सहनुपर्ने बाध्यता ‘राजा’ ज्ञानेन्द्रलाई आइलागेको छ ।
यसरी एक समयका राजा ज्ञानेन्द्र अहिले यस धर्तीका सबैभन्दा ठूलो अभागी मान्छेका रूपमा चित्रित हुन योग्य मानिसको कोटिमा पर्नुभएको छ । राजा हरिश्चन्द्र र राजा नलहरूले आफ्नो जीवनकालमा व्यहार्नु परेको विपद्लाई पनि माथ गर्ने घटना–परिघटना जुन ‘राजा’ ज्ञानेन्द्रको जीवनकालमा देखियो यसले विश्वमा यतिबेला बाँचिरहेका मान्छेमध्ये सबैभन्दा अभागी उहाँ नै हुनुभएको निष्कर्ष निकाल्न सकिन्छ । ‘राजा’ ज्ञानेन्द्र जसले आफ्नो जीवनकालमा शाहवंशीय राजपरम्पराको विघटन सहनुप¥यो, सामाजिक अपमान र मिथ्या आरोपको सिकार बन्नुप¥यो, उहाँलाई एक मात्र पुत्र र पुत्रिकातर्फबाट पनि कहिल्यै चैन मिलेन । यस्तो अवस्थामा पनि उहाँप्रति सहानुभूति राख्नेहरूभन्दा ‘खुच्चिङ’ भन्नेहरू नै बढी देखिएका छन्, तर के हामी नेपाली यतिबिघ्न अमानवीय छौँ त, प्रश्न उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा