साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने

१९ चैत्र २०६८, आईतवार ०१:२५ मा प्रकाशित

ब्रुनाई, १८ चैत । गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रीय समितिको नियमित बैठकले विक्रम सम्वत २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाडौं शाखाद्धारा काठमाडौं केन्द्रीत कार्यक्रम गर्ने छलफल भएको छ ।

अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा हरी शिवाकोटि (क्यानडा), पुरानोघरे (अमेरिका), भगवती वस्नेत (इजरायल), दीप दर्शन (मलेशिया), सागर श्रेष्ठ (साउदी अरेविया), पुरु जोशि (दक्षिण कोरिया), चर्चित ढुङ्गेल (युएइ) लगायतले सिर्जना बाचन गरेका थिए । साथै इजरायल शाखाका अध्यक्ष कविता शर्मा, क्यानडा शाखाका अध्यक्ष लगायतको उपस्थितीलाई बैठकले स्वागत गरेको थियो । बैठकलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गरेका थिए ।

महासङ्घका पदाधिकारीहरु गोविन्द गिरी प्रेरणा (अमेरिका), समदर्शि काँइला (युएइ), खगेन्द्र अधिकारी (साउदी अरेविया), वेदा दाहाल (अमेरिका), तीर्थ संगम राई (कतार), भानु सुनुवार (कतार) लगायतले काम विशेष बैठकमा उपस्थित हुन नसकेको औपचारिक जानकारी गराउनु भएको थियो ।

बैठकले महासङ्घ केन्द्रिय सदस्य गणेश खड्का (सेसेल्स) भर्खरै विवाह बन्धनमा बाँधिनु भएकोमा शुभ कामना प्रस्ताव पारित गर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो