आइओसीद्वारा फेरि पेट्रोलियम पदार्थमा कटौती

१६ फाल्गुन २०६९, बुधबार ०७:३२ मा प्रकाशित

काठमाडौं, १६ फागुन । भारतले पेट्रोलियम पदार्थमा कटौती गरेपछि ेनेपाल आयल निगमले सरकारसँग दुई अर्ब रुपैयाँ माग गरेको छ। दुई महिनाअघि दुई अर्ब मागेर पठाएको पत्र अर्थ मन्त्रालयमा अलपत्र परिरहेको अवस्थाकै बीच निगमले गत आइतबार फेरि  वाणिज्य मन्त्रालयमा यस्तै पत्र पठाएको खुलासा भएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले झन्डै डेढ अर्ब रुपैयाँ उधारो पुगेपछि नेपालमा पेट्रोलियम पदार्थ कटौती गरेको बताइएको छ भने गत सोमबारदेखि नै उसले सबै पेट्रोलियम पदार्थमा २५ प्रतिशत कटौती गरेको छ । तर, रकमलाई बहाना बनाए पनि यसरी तेल कटौती गरिनुमा भारतको राजनीतिक रणनीतिक चाल र नेपाल आयल निगमकै पनि उपभोक्तालाई दबाव दिने नियतले काम गरेको विश्लेषकहरुको अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएकाले गत साउनदेखि निगमले तेल व्यवस्थापनमा असहज अवस्थाको सामना गर्नुपरेको थिएन। विश्लेषकका अनुसार तेलको कारोबारलाई भारतले व्यापारिक सिद्धान्तले मात्रै नहेरी यसलाई राजनीतिक आधारसमेत बनाइएकोले तेलको कारोबार राजनीतिक आधारमा समेत कटौती र बढ्ने गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार