युवासंघको अध्यक्षमा बस्नेत बिजयी, १७ सदस्यीय पधाधिकारीमा १५ बस्नेत दुई आर्चाय प्यानलका

१६ फाल्गुन २०६९, बुधबार ०७:०५ मा प्रकाशित

चन्द्रकान्त खनाल/  रुपन्देही, १६ फागुन । एमालेनिकट युवासंघ नेपाललको आठौँ राष्टिय महाधिवेशनबाट अध्यक्षमा महेश बस्नेतसहित उनकै प्यानलबाट बहुमत पधाधिकारी निर्वार्चित भएका छन् । १७ सदस्यीय पधाधिकारीमा १५ जना बस्नेत र दुईजना निरज आर्चाय प्यानलका बिजयी भएका छन् ।

बस्नेतले ७ सय ४२ मत प्राप्त गरि बिजय भएका छन भने उनका प्रतिद्धन्दी निरज आर्चायले ६ सय १० मत प्राप्त गरेको निबाचन समितिले बताएको छ । बस्नेत प्यानलबाट उपाध्यक्ष झपट बहादुर राबलले ७४६, निरुपालले ६८८, दिल कुमारी पन्त ६८३, सुर्य ढकालले ६४४, मत प्राप्त गरि बिजयी भएका छन भने आर्चाय प्यानलबाट उपाध्यक्षमा राजु गुरुङले ६७९ मत प्राप्त गरि बिजयी भएका छन । त्यस्तै महासचिबमा बस्नेत प्यानलका राजीब पहारीले ६८८ मत प्रांप्त गरि बिजयी भएका छन भने बाबुराम थापाले ६४४ मत प्राप्त गरेका छन । बस्नेत प्यानलबाटै सचिब पदमा रमेश कुमार पौडेलले ६ सय १२, अशोक कुमार चन्द ले ६५०, किरण पौडेलले ७०४, टिकाराम शर्माले ५८५, मन्जु यादब ७३०, चन्द्र लामाले ७२१, सरोज दिलु बिक ले ६९४ र हस्तबहादुर शाहिले ६२५ मत प्राप्त गरि बिजयी भएका हुन । आर्चाय प्यानलबाट कान्ति बुर्लाकोटीले ६५६ मत प्राप्त गरी बिजयी भएका छन । कोषध्यक्ष पदमा बस्नेत प्यानलका गोबिन्द बहादुर थापाले ६०२ मत प्राप्त गरि बिजयी भएका छन । त्यस्तै लुम्बिनी अञ्चलबाट खुल्ला के.स. मा सुजु मल्लले ६७३ र सुरेन्द्र पान्डे, सुभाष जीसी टोपलाल पोख्रेल र महिला तर्फबाट अनिता भारति बिजय भएका छन । खुल्ला केन्द्रीय सदस्यमा रुपन्देहीका धु्रब आर्चाय ५६१, पर्शुराम बस्नेत ६७८,माधब प्र बास्तोला ५४१ रोशन बस्नेत ५६१ मतल्याई बिजयी भएको निबार्चन समितिका संयोजक आरसी आचार्यले जानकारी दिनु भयो । मतगणनाको परिणाम राति ११ बजे पछि सार्बजानिक गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति