हङकङमा दशौं साहित्य शृंखला भव्यरूपले सम्पन्न

१६ फाल्गुन २०६९, बुधबार ०६:५८ मा प्रकाशित

हङकङ । हङकङको स्थानीय जोर्डन स्थित नेपाली महासंघको कार्यालयमा हङकङमा रहेका कृयाशिल नेपाली स्रष्टाहरूको साझा “साहित्यिक शृंखला दशौं” विगतझैं प्रत्येक महिनाको अन्तिम आईतवार विहान कवि चन्द्र मादेन “आन्छन्”को संयोजकत्वमा सौहाद्वपूर्ण वातावरणमा सम्पन्न भएको छ । ”नेपाली वाङ्मयको सम्र्दन र सम्रक्षण गरौं” भन्ने नारा राखिएको वेनरमा हङकङका कृयाशिल र दिग्गज शाहित्यकारहरूको बसिवियाँलो चौतारीको रूपमा प्रेमीलो साहित्यमय उपस्थिति सोमवार भएको थियो । विगतका दिनहरूमा भन्दापनि धेरै दशजना स्रष्टाहरूबाट देशप्रेम र जीवन जगतका कविता, गजल, गीत र मुक्तकहरू सुनाईएको थियो । उपस्थितहरू सवैले यसलाई उपलव्धि मानेका थिए । धारावाहिक रूपले भैरहेको उक्त कार्यक्रममा सृजनशील कवि र कवयित्रीहरू-वल्लव रोका (देश वचाँऊ), प्रकाश छाङ्छा (फूटकर मुक्तक), पूर्णिमा शाह (सुनौलो विहानीवनि आयौ तिमी), टोप ब याक्खा (म सडक र संघीयता), मोहन गुरूङ्ग (हावा चल्यो), भुपेन्द्र चेम्जोङ (ऐना), विष्णु ईङ्नाम (मेरो सपनाको घर), डी बी पालुङ्वा(विसंगति) त्रिभुवन लुङ्फुङ्वा (आउदैछु म मातृभूमी) र चन्द्र मादेन “आन्छन्”(माटोको लागि) द्वारा वाचन र समिक्षा गरिएको थियो भने अन्य स्रष्टाहरू विष्णुनन्द चाम्लिङ् र महेन्द्र लिम्वूबाट समिक्षात्मक टिप्पोणी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि