प्रधानन्यायाधीशको प्रस्तावविरुद्ध सर्वोच्चमा अर्को रिट

१६ फाल्गुन २०६९, बुधबार ०७:०६ मा प्रकाशित

काठमाडौं, १६ फागुन । बहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाउने प्रस्तावविरुद्ध अभिवक्ता भरतमणि जंघमद्वारा सर्वोच्च अदालतमा दायर गरिएको एक मुद्दाको सुनुवाई आगामी २४ गते हुँदैछ, तर सोही विषयमा सर्वोच्चमै अर्को मुद्दा मंगलबार दर्ता गरिएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारप्रमुखमा नियुक्त नगर्नु नगराउनु भनी सरकारका नाममा परमादेश जारी गर्न माग गर्दै अधिवक्त ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।
उक्त रिटमा प्रधानन्यायाधीश, न्यायाधीश तथा समग्र न्यायापालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न नगराउन पनि परमादेशको माग गरिएको छ भने सर्वोच्च् अदालतका बहालवाला वा पूतपूर्व प्रधानन्यायाधीश या न्यायाधीशलाई सरकार प्रमुख बनाउनेबारे हालसम्म गरेका र यसपछि गरिने प्रस्ताव, सहमति, निर्णय, आदेश वा कामकारबाहीहरु झिकाई उत्प्रेषण आदेशद्वारा बदर गर्नसमेत माग गरिएको छ । अर्यालले आफ्नो रिट निवेदनमा स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको मान्यता आत्मसात गर्दै संविधानको धारा १०६ (१)ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशबाहेक अन्य कुनै काममा नलगाइने वा काजमा नखटाइने व्यवस्था गरेको स्मरण गराउँदै सोअनुरुपको व्यवस्था लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने