साउदी अरबमा आममाफी एम्नेस्टी दिने घोषणा

१६ फाल्गुन २०६९, बुधबार ०२:५८ मा प्रकाशित

निम कान्त, साउदी अरब । साउदी समाचार अनुसार साउदी सरकारले त्यहाँका अवैध आप्रवासी कामदारलाई बिना जरिवाना स्वदेश फर्कन आममाफी (एम्नेस्टी) दिने घोषणा गरेपछि करिब ७० हजार नेपाली कामदार अब स्वदेश फर्कन पाउने भएका छन् ।

सस्तो श्रम को लागि भए पनि बैदेसिक रोजगारीका लागि करिब पाँच लाख हाराहारी नेपाली कामदार साउदीमा रहेको अनुमान छ। साउदीले १५ वर्षपछि आइतबार साउदीले अवैध रुपमा बस्दै आएका आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेको छ, अवैध नेपाली कामदारलाई यसले ठूलो राहत मिलेको छ।

साउदीका श्रममन्त्री अडेल फकेईले आइतबार ‘श्रमबजारको विकृति’ हटाउन भन्दै अवैध आप्रवासी कामदारलाई आममाफी दिने घोषणा गरेका हुन्। अवैध आप्रवासी कामदारलाई कुनै पनि किसिमको दण्डसजाय नदिई स्वदेश फर्कन सुनौलो अवसर दिइएको उनले घोषणामा भनेका छन। यस आममाफीको समय भित्र स्वदेश नफर्कने कामदारलाई पक्राउ गरि जरिवाना सहित कैदसजाय गर्न सक्ने प्रावधान साउदी कानुनमा छ। बिना राहदानी बस्दै आएका, नक्कली करारपत्रमा गएका, भिसा सकिएपछि पनि बस्दै आएका ९ओभर स्टे० कामदारले आममाफीका बेला आफ्नो देशको दूतावासबाट यात्रा अनुमतिपत्र ९ट्राभल डकुमेन्ट० लिई फर्कन पाउनेछन्। साउदी सरकारकै शब्दमा यो सुनौलो अवसरमा फर्कन चाहने अवैध कामदारको राहदानीमा बिनासजाय ‘एग्जिट’ छाप लगाई बिदा गरिनेछ। बिगतका दिहरुमा अवैध कामदारका कारण थुप्रैखाले समस्या भोग्नु परेको छ कामदार स्वयंले दुःख पाएकै छन् भने दूतावास पनि अफ्ठेरोमा पर्ने गरेको छ ।

अवैध कामदारले परिचयपत्रको नहुँदा बिरामी वा दुर्घटनामा परी घाइते हुँदा उपचार नपाउने मात्र होइन, दुर्घटना वा कामको सिलसिलामा मृत्यु भएकाको परिवारले क्षतिपूर्ति मात्र होइन बिमा रकमसमेत पाउँदैनन। यदि शव वैधानिक रुपमा रहेको कामदारको भएको भए पठाउने खर्च मात्र होइन र क्षतिपूर्ति रकमसमेत रोजगारदाता कम्पनीले दिन्छ। बढी पारिश्रमिकको प्रलोभनमा कामदार अर्को कम्पनीमा जाने कामदारले आफ्नो राहदानीदेखि अन्य कागजात पहिलेकै कम्पनीमा छोड्न बाध्य हुन्छ वा कम्पनीले दिन मान्दैन। त्यस्ता कामदार अवैध रुपमा त्यही कम्पनीमा काम गर्न बाध्य हुन्छन्।

साउदी अरब न्युज अनुसार त्यहाँ दर्ता भएका झन्डै ११ लाख निजी कम्पनीमध्ये ११ प्रतिशत मात्र भिसा झिकाउन दर्ता भएका छन् भने सञ्चालनमा भएका ३१ प्रतिशतमा सञ्चालनमा कुनै साउदी नागरिक कामदार छैनन्। दुई करोड ७० लाख जनसंख्या रहेको साउदीमा ९० लाख विदेशी छन्। साउदीले यसअघि सन् १९९८ मा ६ महिने (अप्रिल-सेप्टेम्बर) आममाफी कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको