‘निंद्रामा बलात्कार गर्ने’लाई आठ वर्षको जेल सजाय

१५ फाल्गुन २०६९, मंगलवार २१:३३ मा प्रकाशित

एजेन्सी/ एक १५ वर्षिया किशोरीलाई मदिरा पिलाएर बलात्कार गरेको आरोपमा बेलायतमा एक अभिनेतालाई आठ वर्षको जेल सजाय सुनाइएको छ । ४२ वर्षिय टिभि अभिनेता साइमन मोरिसलाई किशोरी बलात्कारको अभियोगमा दोषी प्रमाण्ति भएपछि उक्त सजाय सुनाइएको हो ।
साइमनले अदालतसमक्ष आफूले जानाजान बलात्कार गरेको नभई सेक्सोमोनियाबाट आफू पिडित रहेकोले घटना घट्न पुगेको बयान दिएका थिए । सो रोगबाट ग्रसित व्यक्तिले निदाइरहेकै अवस्थामा पनि विभिन्न हरकत गर्ने तर आफूलाई केही थाहा नहुने हुन्छ भन्ने उनको तर्क थियो । कैयन पटक सुतिरहेकै अवस्थामा आफूले सेक्स गर्ने गरेको घटना विवरण पनि उनले अदालतसमक्ष पेस गरेका थिए । मोरिस साइमनका अनुसार जब उक्त घटना घट्यो त्यतिबेला उनी गहिरो निंद्रामा सुतिरहेका थिए, के भयो भन्ने उनलाई थाहा नै भएन । तर, अदालतले उनको बयानलाई बनावटी मान्यो । मोरिसले एक पार्टीका दौरानमा पिडित किशोरीलाई पाहुनाहरुलाई स्याम्पेन बाँड्ने काममा सघाएका थिए र सोही क्रममा ललाइफकाई स्याम्पेन पिलाइदिएका थिए । बिहान सबेरै उनी उक्त किशोरीको कोठामा प्रवेश गरी बलात्कार गरेका थिए । उनलाई गत डिसेम्बर महिनामै बलात्कारको दोषी ठहर्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । सरकारले

नाइजेरियामा एउटा स्लामिक विद्यालयमा अध्यययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन् । नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण