क्यान्सर भगाउन मदिरा सेवन !

१५ फाल्गुन २०६९, मंगलवार २१:१६ मा प्रकाशित

एजेन्सी/ स्टेमेटिस मोराइटिसलाई ४५ वर्षको उमेरमा क्यान्सर भयो । डाक्टरहरूले उनलाई नौ महिनाभन्दा बढी बाँच्न नसक्ने ठोकुवा गरिदिए । क्यान्सर रोग र चिकित्सकको भविष्यवाणीबाट रन्थनिएका मोराइटिसले अमेरिका छोडेर ग्रिसको इकेरिया गई बस्ने निर्णय गरे । ‘दीर्घायु द्वीप’का नामले चिनिने उक्त स्थान उनले रोज्नुको कारण थियो बिग्रेको स्वास्थ्य सुधार्नु । नभन्दै मोराइटिसको स्वास्थ्य सप्रियो र आज उनी ९८ वर्षको उमेरमा पनि तन्दुरुस्तीका साथ जीवनयापन गरिरहेका छन् ।
यसरी क्यान्सरलाई पनि जितेर लामो उमेर बाँच्न सक्नुको मुख्य कारण भने पत्याइनसक्नुको छ । उनका अनुसार प्रतिदिन सेवन गरेको रक्सीले यो सम्भव भएको हो । असाध्य मानिने रोग र सम्भावित मृत्युबाट उदास बनेका मोराइटिसले इकेरिया पुगेपछि रक्सी बनाउने र पिउने कामलाई मुख्य दिनचर्या बनाए । तर, नतिजा भने उदेकलाग्दो हासिल हुन थाल्यो । त्यस्ता नौ महिना त कति गुज्रिए कति, उनी त झन्–झन् तन्दुरुस्त बन्न थाले । पछि एकपटक अमेरिका पुग्दा उनले आफूलाई नौ महिना मात्र बाँच्ने घोषणा गरेका डाक्टरहरूलाई भेट्ने प्रयास गरे, तर उनीहरू सबैको मृत्यु भइसकेको खबर पाउँदा उनलाई नरमाइलो लागेछ ।
त्यसो त इकेरिया द्वीपको हावापानी नै विशेष प्रकारको रहेको एथेन्स विश्वविद्यालयले गरेको एक अनुसन्धानले पुष्टि गरिसकेको बताइन्छ । त्यहाँ अवस्थित ग्रेनाइट पर्वतमालाहरूबाट एक यस्तो रेडियसन प्राकृतिक रूपमै प्रवाहित हुन्छ जो स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ । जम्मा आठ हजार मानिस बस्ने उक्त द्वीपका मानिसको औसत आयु ६५ वर्ष बताइए पनि प्रायः सबै ९० वर्ष बाँच्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका