अमेरिकी राजदुतद्वारा ‘पिस कोर’ स्वयमसेवकलाई सहयोग गर्न आग्रह

१५ फाल्गुन २०६९, मंगलवार २१:०२ मा प्रकाशित

काठमाडौं, १५ फागुन । नेपालका लागि अमेरिकी राजदुत पिटर डब्लु बोडेले नेपालका दुर्गम क्षेत्रका जनतामा स्वास्थ्य क्षेत्रको पहुँच नपुगेकोले यसमा धेरै कसरत गर्नुपर्ने सुझाव दिनुभएको छ । बाग्लुङ जिल्ला जनस्वास्थ्य कार्यालय, कृषि कार्यालय र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग भेटघाटका क्रममा उहाँले पिस कोरका स्वयंसेवकहरुलाई समुदायमा समायोजन हुने वातावरण मिलाइदिन आग्रह पनि गर्नुभयो । अमेरिकन पिस कोरका भोलेन्टियरहरुलाई भेट्न बाग्लुङ पुगेको अवसरमा राजदूत बोडेले उल्लेखित स्थानीय निकायका अधिकारीहरुसँग भेटघाट तथा विचार आदानप्रदान गर्नुभएको हो । पर्वत, बाग्लुङ र म्याग्दीमा कार्यरत पिस कोर भोलेन्टियरहरुसँग भेटघा गर्ने उद्देश्यले राजदूत बोडे मंगलबार त्यसतर्फ लाग्नुभएको थियो ।
गत कात्तिकदेखि स्वास्थ्य र कृषिसँग पिस कोरका दुई-दुर्ई जना भोलेन्टियरले काम गर्दै आएका र त्यसबारे जानकारी लिन राजदूत बोडे बाग्लुङ पुगेका निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम शर्मालाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला